आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

माओवादीले यसरी गर्दैछ मञ्च व्यवस्थापन, खान र बस्न आफैले व्यवस्था गर्नुपर्ने

बुधबार, १७ साउन २०८०, ०९ : १३
बुधबार, १७ साउन २०८०

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठकका लागि मञ्च व्यवस्थापनको काम भइरहेको छ । प्रज्ञा भवन कमलादीमा बिहान ११ बजेदेखि सुरु हुने बैठकका लागि मञ्च व्यवस्थापनको काम भइरहेको केन्द्रीय कार्यालयले जनाएको छ । 

बैठक स्थलको मूलद्वारदेखि भित्रिद्वारसम्म ब्यानर राख्ने, मञ्च सजाउने काम भइरहेको केन्द्रीय कार्यालयको सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए । उनका अनुसार बैठकका लागि चिया र तातोपानीको व्यवस्था मिलाइएको छ । आज उद्घाटन समारोह गरी बिहीबार बोल्ने सदस्यहरूको नाम टिपाउने काम हुने उपाध्यायले जानकारी दिए । 

‘आज उद्घाटन समारोह गरी भोलिका लागि बोल्ने सदस्यहरूको नाम टिपाउने काम हुन्छ । यो पटक समूह नेता चयन गर्ने काम बन्द गरिएको छ । प्रतिव्यक्ति बढीमा ५ मिनेटको समय दिइनेछ । बोल्न चाहने जति सबैलाई समय उपलब्ध गराइनेछ तर त्यसका लागि तोकिएको समयमा नाम टिपाउनुपर्ने छ ।’

बैठकमा सहभागीले खाना र बस्नको व्यवस्था आफैले गर्नुपर्ने छ । प्रवेश शुल्क रु. ५०० तोकिएको छ । पार्टीले खाजा र पानीको व्यवस्था गर्ने छ । बैठकमा केन्द्रीय ३८५, वैकल्पिक केन्द्रीय सदस्य १९८, केन्द्रीय आयोगबाट ७५ र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ जना सहभागी हुनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप