आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

बुधबार, १७ साउन २०८०, ०९ : ४१
बुधबार, १७ साउन २०८०

काठमाडौं । केन्द्रीय कमिटीको एजेण्डा पारित गर्न नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले राजनीति र संगठनात्मक प्रतिवेदन पारित गर्ने केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।

यसअघि पदाधिकारी बैठकमा प्रतिवेदनबारे छलफल भएको थियो ।  केन्द्रीय समिति बैठक बिहान ११ बजे प्रज्ञाभवन कमलादीमा बस्दैछ । ५ दिनसम्म सञ्चालन हुने बैठकले संगठनात्मक स्वरूप, आगामी कार्यदिशा, कार्यक्रम, विधान सम्मेलनबारे निर्णय गर्ने उपाध्यायले बताए । 

माओवादी केन्द्रले केन्द्रीय समिति बैठक पहिलोपटक लाइभ गर्न लागेको छ । बैठक लाइभ गर्ने पदाधिकारी बैठकको निर्णयमा धेरै नेताहरूले असन्तुष्ट जनाएका छन् । यस विषयमा स्थायी कमिटी बैठकमा छलफल हुने सचिव गणेश साहले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप