सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

रोनाल्डोसँग खेल्न अल-नासर पुगे माने

बुधबार, १७ साउन २०८०, १० : ४२
बुधबार, १७ साउन २०८०

काठमाडौँ । सेनेगलका प्रभावशाली स्ट्राइकर साडियो मानेले जर्मन क्लब बायर्न म्युनिख छाडेका छन् । ३१ वर्षीय मानेले साउदी अरेबियन क्लब अल-नासर जान बायर्न म्युनिख छाडेको समाचारमा जनाइएको छ । 

अल-नासर पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो आबद्ध क्लब हो । उनी सन् २०२२ मा बायर्न म्युनिखमा आबद्ध भएका थिए । एक सिजन बायर्न म्युनिखमा बिताउँदा उनले क्लबका लागि ३८ खेल खेल्दै १२ गोल गरेका थिए । 

बायर्न म्युनिखमा आबद्ध हुनुअघि उनी लामो समय इङ्लिस क्लब लिभरपुलमा थिए । उनी सन् २०१६ मा लिरभपुलमा आबद्ध भएका थिए । लिभरपुलबाट साडियो मानेलाई भित्राउन बायर्न म्युनिखले तीन करोड ५० लाख पाउण्ड खर्चिएको थियो ।

उनले अल-नासरसँग चार वर्षका लागि सम्झौता गरेको समाचारमा जनाइएको छ । आइभरी कोस्टका मिडफिल्डर सेको फोफनापछि अल-नासरमा आबद्ध हुने प्रभावशाली खेलाडी हुन्, माने । त्यसअघि पाँच पटकका बालन डीओर विजेता रोनाल्डो, क्रोएसियन मिडफिल्डर मार्सेलो ब्रोभोभिच, ब्राजिलका एलेक्स टेल्लस अल—नासरमा आबद्ध भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप