आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

यो हो एक्सोलोल... जवान रहिरहन पुनः निर्माण गर्छ दिमाग, हात–खुट्टा

बुधबार, १७ साउन २०८०, ११ : २२
बुधबार, १७ साउन २०८०

जवान रहिरहन मानिस के के मात्रै गर्दैनन् । तर एउटा यस्तो जीव पनि छ जसले आफ्ना धेरैजसाे अङ्ग नै फेरिदिन्छ । त्यो पनि आफैँले । त्यो जीवको नाम हो एक्सोलोल । जुन मेक्सिकन स्यालामेन्डर हो । त्यहाँको मेक्सीकाेकाे दुई वटा पोखरी – लेक चाेचिमिल्काे र लेक चाल्काेमा पाइन्छ । यो प्रजाति गम्भीर रूपमा लोपोन्मुख हुने अवस्थामा छ । कारण हो प्रदूषण र अन्य जीवको हमला ।

axolotls_brain_regrow_afp_1मानिसको हात–खुट्टा काटियो भने फेरि पलाउँदैन । दिमाग, मेरुदण्डको हड्डी फेर्न सकिँदैन । न त पुनः विकसित हुन्छ । तर यो विचित्र जीवको विशेषता भने यसले दिमाग, मेरुदण्डको हड्डी, मुटु र हात–खुट्टा पुनः विकसित गर्न सक्छ ।

axolotls_brain_regrow_afp_2सन् १९६४ मा एक्सोलोलले आफ्नो दिमागका केही हिस्सा पुनः विकसित गर्न सक्छ भनेर वैज्ञानिकले पत्ता लगाएका थिए । मेरुदण्डको हड्डी, मुटु र हातखुट्टा पनि रिजेनेरेट गर्न सक्छ । यसको दिमागको एउटा ठुलो हिस्सा निकाले पनि यसले दिमागलाई पुनः विकसित गर्न सक्छ । 

axolotls_brain_regrow_rt_1एक्सोलोलले दिमागको कोशिकालाई पुनः विकसित गरेर ती बीच सम्बन्ध पनि स्थापित गर्ने गर्छ । यो थाहा पाउनका लागि यसको दिमागको नक्सा बनाइयो त्यसपछि यसले दिमागलाई कसरी पुनः विकसित गर्छ भन्ने थाहा भयो । किनभने दिमागको भिन्न भिन्न हिस्साका भिन्न भिन्न कोशिकाले छुट्टा छुट्टै तरिकाले काम गर्छ ।

axolotls_brain_regrow_getty_1वैज्ञानिकले यसको सिङ्गल सेल आरएनए सिक्वेन्सिङको प्रक्रिया हेरे । यस्तै यसको दिमागको सबैभन्दा ठुलो हिस्सा टेलेनसिफेलोनको अनुसन्धान गरे । टेलेनसिफेलन मानिसको दिमागको पनि ठुलो हिस्सा मानिन्छ । यसै भित्र हुन्छ नियोकर्टेक्स जसले कुनै पनि जीवको व्यवहार र यसको संज्ञानात्मक शक्तिलाई तागत दिन्छ । 

axolotls_brain_regrow_getty_2_0अनुसन्धानपछि के थाहा भयो भने यसले आफ्नो दिमागलाई विभिन्न चरणमा विकसित गर्छ । बिस्तारै । वैज्ञानिकले यसको दिमागको टेलेनसिफेलनको एउटा ठुलो हिस्सालाई बाहिर निकाले । त्यसको १२ हप्तापछि एक्सोलोलले आफ्नो दिमागलाई हरेक हप्ता बिस्तारै विकसित गरेको वैज्ञानिकले देखे ।

axolotls_brain_regrow_getty_3पहिलो चरणमा प्रोजेनिटर सेल्स तीव्र रूपमा बढे । यसले घाउ निको पार्ने काम गर्छ । दोस्रो चरणमा प्रोजेनिटर सेल्सले न्युरोब्लास्ट्समा अन्तर पैदा गर्छ । तेस्रो चरणमा न्युरोब्लास्ट्स विभिन्न न्युरोन्समा रूपान्तरण हुन थाल्छन् । यो त्यही न्युरोन्स हो, जुन टेलिसेफेलनसँगै बाहिर निकालिएको थियो । त्यसपछि नयाँ न्युरोन्सले दिमागको पुरानो हिस्सासँग सम्बन्ध स्थापित गर्न पनि सुरु गरेको थियो । यो शक्ति अन्य कुनै पनि जीवमा देखिएको छैन ।

 

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप