आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सरकारले पर्यटन विधेयकको मस्यौदा बनाउन माग्यो सुझाव

बुधबार, १७ साउन २०८०, १६ : ०९
बुधबार, १७ साउन २०८०

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले संघीय पर्यटन विधेयक बनाउने तयारी थालेको छ । यसका लागि पर्यटन क्षेत्रमा संलग्न व्यवसायी, पेशागत संघसंस्थाहरु, विज्ञहरु र अनुसन्धानकर्ता लगायतसँग मन्त्रालयले राय सुझाव मागेको छ । 

बुधबार मन्त्रालयले एक सूचना जारी गर्दे ३० दिनभित्र राजसुझाव पठाउन अनुरोध गरेको छ । मन्त्रिपरिषदबाट गत असार २६ गते संघीय पर्यटन विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्राप्त भएपछि मन्त्रालयले विधेयक बनाउन प्रक्रिया सुरु गरेको हो । २०३५ सालमा बनेको पर्यटन ऐनलाई परिमार्जन गर्नुपर्ने देखिएको मन्त्रालयका प्रवक्ता एवं सहसचिव राजेन्द्र कुमार केसीले बताए । उनले भने,‘ ऐन पुरानो भयो, अहिले पर्यटन क्षेत्रमा धेरै कामहरु भएका छन्, सबैलाई नियमन गर्ने हेतुले समयसापेक्ष ऐन बनाउनुपर्छ भनेरै प्रक्रिया थालिएको हो ।’ 

केसीले नेपालको पर्यटन क्षेत्रलाई सामाजिक र आर्थिक विकासको महत्त्वपूर्ण आधारको रुपमा विकास र प्रवर्द्धन गर्न विद्यमान पर्यटन ऐन, २०३५ पुरानो भएकाले समयसापेक्ष बनाउनु परेको जानकारी दिए । उनले सुझाव आएपछि त्यसको अध्ययन गरेर थप काम अगाडि बढाइने बताए ।

t

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप