आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

साउदीमा दुवै मिर्गौला फेल भएका साफी नेपाल फर्किए

बिहीबार, १८ साउन २०८०, १२ : ०३
बिहीबार, १८ साउन २०८०

काठमाडौँ । साउदीमा दुवै मिर्गौला फेल भएका एक नेपालीलाई स्वदेश फर्काइएको छ । रोजगारीको सिलसिलामा साउदी पुगेका सर्लाहीका शिव चरण साफीलाई स्वदेश फर्काइएको हो ।

दुवै मिर्गौला फेल भएपछि उपचारको क्रममा रहेका साफीलाई विभिन्न सङ्घ संस्थाको सहयोगमा नेपाल पठाइएको हो ।

कम्पनीमा काम गर्ने क्रममा उनी बिरामी परेका थिए । अस्पताल भर्ना भएर परीक्षणको क्रममा उनका दुवै मिर्गौला फेल भएको पाइएको थियो । र उनलाई जति सक्दो चाँडो मिर्गौला प्रत्यारोपण गराउनुपर्ने हुन्छ । त्यसका लागि साउदीमा सम्भव नभएपछि नेपाल पठाइएको हो ।

नेपाल पठाउनको लागि उनलाई अर्को समस्या आइपरेको थियो । उनको पासपोर्टको म्याद सकिएको थियो । जसले गर्दा उनी नेपाल आउन सक्ने अवस्थामा थिएनन् । साउदीमा रहेको नेपाली दूतावासको समन्वयमा ट्राभल डकुमेन्ट जारी गरिएको थियो ।  

त्यसका लागि साउदीमा रहेको नेपाली साझा मञ्चले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको थियो । उक्त संस्थाकै सक्रियतामा उनको उद्धार गरी नेपाल फर्काइएको हो । उपचारका लागि विभिन्न सङ्घ संस्थाबाट आर्थिक सहयोग समेत संलकन गरिएको र मञ्चले समेत आर्थिक सहयोग गरेको मञ्चका अध्यक्ष अन्जान गुभाजुले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप