सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

जिल्लियो दुई पटकको च्याम्पियन जर्मनी, समूहगत चरणबाटै बाहिरियो

बिहीबार, १८ साउन २०८०, १७ : ५७
बिहीबार, १८ साउन २०८०

काठमाडौँ । दुई पटकको उपाधि विजेता जर्मनी नवौँ महिला विश्वकप फुटबल प्रतियोगिताको समूहगत चरणबाटै बाहिरएको छ । समूह ‘एच’ अन्तर्गतको बिहीबार खेलिएको आफ्नो महत्वपूणर् खेलमा एसियाली प्रतिद्वन्द्वी दक्षिण कोरियासँग १—१ गोलको बराबरीमा रोकिएपछि बलियो जर्मनी उपाधि होडबाट बाहिरिएको हो ।

प्रतिस्पर्धात्मक खेलमा दुबै गोल खेलको पहिलो हाफमै भएको थियो । खेल सुरु भएको छैटौं मिनेटमा दक्षिण कोरियाका लागि चो सु ह्युनले पहिलो गोल गरेकी थिइन् । पहिलो हाफको खेल सकिनुभन्दा तीन मिनेटअघि जर्मनीका लागि एलेक्जेन्ड्रा पोपले जवाफी गोल गरेकी थिइन् । जर्मनी चार अंकसहित आफ्नो समूहमा तेस्रो भयो । 

जर्मनी दुई पटक महिला विश्वकपको उपाधि जितिसकेको राष्ट्र हो । जर्मनीले सन् २००३ मा पहिलो पटक उपाधि जितेको थियो । त्यसपछि जर्मनीले सन् २००७ मा दोस्रो पटक उपाधि चुमेको थियो । सन् २०११ मा भने जर्मनी उपविजेता बनेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप