सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
खेलकुद

कीर्तिमानको खाताभित्र लुकेको महान फुटबलर ‘मार्टा’को अथाह पीडा

रुँदै भनिन्, ‘यो असफलताले मलाई जीवनभर लखेट्ने छ’
शुक्रबार, १९ साउन २०८०, १० : ४९
शुक्रबार, १९ साउन २०८०

काठमाडौँ । महिला विश्वकप फुटबलको इतिहास खासै लामो छैन । विश्व फुटबल महासंघ (फिफा) ले महिला विश्वकपको पहिलो संस्करण सन् १९९१ मा आएर आयोजना गरेको थियो । हाल नवौं संस्करण सञ्चालन भइरहेको छ, महिला विश्वकपको । 

महिला विश्वकपको इतिहासमा हालसम्म सातवटा राष्ट्रले मात्र सबै संस्करणमा सहभागिता जनाएका छन् । अमेरिका, जर्मनी, नर्वे, स्विडेन, ब्राजिल, जापान र नाइजेरियाले मात्र हालसम्म सबै संस्करणमा भाग लिएका छन् । 

पुरुष विश्वकपमा इतिहास रच्ने राष्ट्र हो, ब्राजिल । ब्राजिलले हालसम्म सर्वाधिक पाँच पटक पुरुष विश्वकपको उपाधि चुमिसकेको छ । तर, पहिलो संस्करणदेखि नै सहभागिता जनाउँदै आए पनि ब्राजिलले हालसम्म महिला विश्वकपको उपाधि जित्न सकेको छैन । 

सन् २००७ मा भएको महिला विश्वकपको पाँचौं संस्करणमा ब्राजिल उपविजेता बनेको थियो । त्यतिबेला जर्मनीले फाइनलमा ब्राजिललाई २-० गोलले हराएको थियो । हालसम्म महिला विश्वकपमा ब्राजिलको उत्कृष्ट प्रदर्शन भनेकै त्यही हो । 

त्यसअघि सन् १९९९ मा सम्पन्न तेस्रो संस्करणमा ब्राजिलले तेस्रो स्थान हासिल गरेको थियो । त्यतिबेला तेस्रो स्थानका लागि खेलाइएको खेलमा ब्राजिलले नर्वेलाई पेनाल्टी सुटआउटमा ५-४ गोलले पाखा लगाएको थियो । 

अन्तर्राष्ट्रिय महिला फुटबलमा सर्वकालीन महान खेलाडीको सूचीमा पर्छिन्, मार्टा । मार्टाका लागि विश्वकपमा भने यो छैटौं सहभागिता थियो । उमेरले ३७ पुगिसकेकी मार्टाले प्रतियोगिता सुरु हुनुअघि नै यो आफ्नो अन्तिम विश्वकप भएको संकेत पनि गरेकी थिइन् । 

यसपटक अस्ट्रेलिया र न्युजिल्यान्डमा जारी महिला विश्वकपको नवौं संस्करणमा भने ब्राजिलियन टोली उपाधिप्रति बढी नै विश्वस्त देखिएको थियो । त्यसको पछाडि दुईवटा कारण थिए । पहिलो कारण ब्राजिलको महिला टोली बलियो र सन्तुलित थियो ।

अनि, दोस्रो र सबैभन्दा महत्वपूर्ण कारण भनेको ब्राजिलियन महिला फुटबलमा गौरवशाली इतिहास बोकेकी खेलाडी मार्टा भिएरा डा सिल्भा अर्थात ‘मार्टा’ थिइन् । ऐतिहासिक खेलाडी मार्टाका लागि यो अन्तिम विश्वकप थियो । त्यसैले, पनि ब्राजिल यसपटक कुनै पनि हालतमा उपाधि चुम्ने महत्वाकांक्षी लक्ष्य बोकेर विश्वकप यात्रामा होमिएको थियो । 

अन्तर्राष्ट्रिय महिला फुटबलमा सर्वकालीन महान खेलाडीको सूचीमा पर्छिन्, मार्टा । मार्टाका लागि विश्वकपमा भने यो छैटौं सहभागिता थियो । उमेरले ३७ पुगिसकेकी मार्टाले प्रतियोगिता सुरु हुनुअघि नै यो आफ्नो अन्तिम विश्वकप भएको संकेत पनि गरेकी थिइन् । 

Marta 1

त्यसैले पनि सिंगो ब्राजिलियन फुटबल र महिला टोलीका खेलाडीहरु विश्वकपको उपाधि जितेर आफ्नी आदर्श खेलाडी मार्टालाई गतिलो उपहार सुम्पन चाहन्थे । तर, यसपटक पनि मार्टालाई भाग्यले नराम्ररी ठग्यो । यो विश्वकप पनि मार्टाका लागि एउटा दुःखद सपना बन्न पुग्यो । 

यो विश्वकपमा ब्राजिल समूह ‘एफ’ मा परेको थियो । उक्त समूहमा फ्रान्स, जमैका र पानामा थिए । समूहगत चरणमा ब्राजिलको सुरुआत पनि गतिलै थियो । ब्राजिलले आफ्नो पहिलो खेलमा पानामालाई ४-० गोलको फराकिलो अन्तरले हराएको थियो । 

तर, समूहगत चरणको दोस्रो खेलमा ब्राजिल अप्रत्यासित रुपमा फ्रान्ससँग १-२ गोलले पराजित हुन पुग्यो । त्यसपछि पनि नकआउट चरणमा पुग्ने ब्राजिलको सम्भावना भने जिवितै थियो । तर, अन्तिम खेलमा जमैकालाई हराउनै पर्ने बाध्यता भने ब्राजिलमाथि थपिएको थियो । 

समूहगत चरणको अन्तिम खेलको अन्तिम सयमसम्म नै ब्राजिलले बलियो प्रतिद्वन्द्वी जमैकालाई हराउने प्रयास पनि ग¥यो । तर, आफ्नो लक्ष्यमा सफल भने हुन सकेन । अन्ततः ब्राजिल आफ्नो अन्तिम खेलमा क्यारेबियन प्रतिद्वन्द्वीसँग गोलरहित बराबरीमा रोकियो र उपाधि होडबाट पनि बाहिरियो । 

उक्त समूहबाट सात अंकसहित फ्रान्स र पाँच अंकसहित जमैका नकआउट चरणमा पुगे । चार अंक बटुलेको ब्राजिल र खाता खोल्न नसकेको पानामा अहिले भारी मन लिएर घर फर्कने तयारीमा जुटेका छन् । यो अप्रत्यासित नतिजाले सबैभन्दा ठूलो पीडा भने मार्टालाई नै दियो । 

लगातार ६ पटक विश्वकप खेलेर पनि उपाधि चुम्ने उनको सपना अधुरै रह्यो । ब्राजिलियन फुटबलमा मार्टाको विरासत धान्दै भविष्यमा नयाँ पुस्ताले देशका लागि विश्वकप जित्लान् । तर, त्यतिबेला मार्टा खेलाडीको भूमिकामा भने मैदानमा सक्रिय हुने छैनिन् । 

विश्वकपको इतिहासमा हालसम्म सबैभन्दा बढी गोल गर्ने खेलाडी मार्टा नै हुन् । उनले हालसम्म विश्वकपमा १७ गोल गरेकी छन् । पुरुष विश्वकपमा पनि हालसम्म कुनै खेलाडीले १७ गोल गर्न सकेको छैन । 

सायद त्यसैले आफ्नो टोली नवौं महिला विश्वकपको समूहगत चरणबाटै बाहिरिएपछि मार्टा निकै भावुक देखिएकी थिइन् । ‘मेरो देश र म आफ्नै लागि पनि यो अत्यन्तै दुःखद क्षण हो । सायद योभन्दा बढी म केही बोल्न सक्दिन होला,’ खेलपछि मार्टाले भनिन् । विश्वकपको असफलताले आफूलाई जीवनभर लखेट्ने पनि उनले बताइन् । 

‘फुटबल मैदानमा जतिसुकै इतिहास रचे पनि एउटा खेलाडीको रुपमा यो (आफ्नो देशलाई विश्वकपको उपाधि चुमाउन नसक्नु) असफलताले सायद मलाई जीवनभर लखेट्ने छ,’ यति भनिरहँदा उनको आँखा आँसुले भरिएको थियो, ‘मार्टाको जीवनको एउटा अध्याय यहीं सकिन्छ । अब विश्वकपको मैदानमा मार्टा फेरि देखिनै छैन ।’

विश्वकपमासर्वाधिक गोल गर्ने खेलाडी
यसका बावजुद सन् २००३ देखि लगातार विश्वकप खेल्दै आएकी यी महान खेलाडीले फुटबल मैदानमा कोरेको केही इतिहास भने अझै केही समय तोडिने सम्भावना देखिँदैन । त्यसैमध्ये एउटा हो, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान ।  

Marta 2

विश्वकपको इतिहासमा हालसम्म सबैभन्दा बढी गोल गर्ने खेलाडी मार्टा नै हुन् । उनले हालसम्म विश्वकपमा १७ गोल गरेकी छन् । पुरुष विश्वकपमा पनि हालसम्म कुनै खेलाडीले १७ गोल गर्न सकेको छैन । 

पुरुष विश्वकपमा जर्मनीका मिरोस्लाभ क्लोसले सर्वाधिक १६, ब्राजिलका रोनाल्डोले १५, जर्मनीका गेर्ड मुल्लरले १४, फ्रान्सका जस्ट फोन्टेनले १३ र अर्जेन्टिनाका लियोनल मेसीले १३ गोल गरेका छन् । मेसीवाहेक अन्य सबै खेलाडीले सक्रिय खेलजीवनबाट सन्न्यास लिइसकेका छन् । 

यसैगरी, महिलातर्फ जर्मनीकी बिर्गिट प्रिन्ज र अमेरिकाकी एबी वाम्बाचले विश्वकपमा १४-१४ गोल गरेका छन् । अमेरिकाकी मिचेल एकर्सले १२ गोल गरेकी छन् । तर, प्रिन्ज, बाम्बाच र एकर्सले पनि सक्रिय खेलजीवनबाट सन्न्यास लिइसकेका छन् । त्यसैले, मार्टाको यो कीर्तिमान अझै केही समय तोडिने सम्भावना देखिँदैन ।

मार्टाले ब्राजिलको राष्ट्रिय टोलीबाट भने हालसम्म एक सय ८९ खेल खेल्दै एक सय २२ गोल गरेकी छन् । उनी ब्राजिलका लागि सर्वाधिक गोल गर्ने महिला खेलाडी पनि हुन् । आफ्नो २३ वर्ष लामो ब्यवसायिक खेलजीवनमा पनि उनले दक्षिण अमेरिका, उत्तर अमेरिका र युरोपका विभिन्न ११ क्लबबाट खेलिसकेकी छन् । 

ब्राजिललाई सन् २००७ मा महिला विश्वकपको फाइनलसम्म पुर्याउन मार्टाले नै महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् । सोही योगदानका कारण विश्वकपको उक्त संस्करणमा सर्वोत्कृष्ट खेलाडीका रुपमा ‘गोल्डेन बल’ र ‘गोल्डेन बुट’ दुबै पुरस्कार उनलाई नै प्रदान गरिएको थियो । 

उनलाई ६ पटक त फिफाले ‘वर्षको सर्वोत्कृष्ट महिला खेलाडी’ पुरस्कारबाट सम्मानित गरेको छ । उनले सन् २००६ देखि सन् २०१० सम्म लगातार फिफाबाट यो पुरस्कार हात पारेकी थिइन् । उनले अन्तिम पटक सन् २०१८ मा यो पुरस्कार प्राप्त गरेकी थिइन् । 

सर्वकालीन महान खेलाडी मार्टाले दक्षिण अमेरिकी क्षेत्रको च्याम्पियन्स लिगका रुपमा परिचित कोपा लिब्रेटाडोरेस उपाधि पनि चुमेकी छन् । उनले स्विडेनका विभिन्न क्लबबाट सात पटक त्यहाँको घरेलु लिगको उपाधि पनि जितेकी छन् । उनले स्विडिस क्लब युमियाबाट महिला यूईएफए कपको उपाधि पनि हात पारेकी छन् ।

चेल्सीको महिला फुटबल टोलीकी प्रशिक्षक एमा हायस ब्राजिलियन स्टार मार्टाका लागि खेलजीवनकै सबैभन्दा दुःखद क्षण भएको बताउँछिन् । ‘विश्वकपको मैदानमा उनी फेरि एकपटक चुकेकी छन् । विश्व महिला फुटबलकी महान खेलाडी मार्टाका लागि यो निकै दुःखद क्षण हो । उनी सम्मानजक विदाइकी हकदार हुन्,’ उनले भनेकी छन् ।

पाँचवटै विश्वकपमा गोल गर्ने पहिलो फुटबलर
मार्टा पाँचवटा विश्वकप (पुरुष तथा महिला) मा गोल गर्ने विश्वकै पहिलो फुटबलर पनि हुन् । मार्टापछि सन् २०१९ मा क्रिस्टिन सिनक्लियर र सन् २०२२ मा क्रिस्टियोनो रोनाल्डोले यस्तो उपलब्धि हासिल गरेका थिए । 

यसैगरी, उनी लगातार पाँचवटा ओलम्पिक खेलकुदमा गोल गर्ने पनि पहिलो महिला खेलाडी हुन् । ब्राजिलले सन् २००४ र सन् २००८ मा ओलम्पिक खेलकुदको महिला फुटबलमा रजत पदक जित्दा उनी टोलीकी महत्वपूर्ण सदस्य थिइन् । 

Marta 4

ब्राजिललाई सन् २००७ मा महिला विश्वकपको फाइनलसम्म पुर्याउन मार्टाले नै महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् । सोही योगदानका कारण विश्वकपको उक्त संस्करणमा सर्वोत्कृष्ट खेलाडीका रुपमा ‘गोल्डेन बल’ र ‘गोल्डेन बुट’ दुबै पुरस्कार उनलाई नै प्रदान गरिएको थियो । 

त्यसअघि सन् २००४ मा आयोजित यू—१९ महिला विश्व च्याम्पियनसिपमा पनि उनले सर्वोत्कृष्ट खेलाडीका रुपमा ‘गोल्डेन बल’ पाएकी थिइन् । सन् २०१४ मा आयोजित पुरुष विश्वकप फुटबलका लागि उनलाई सदभावनादूत बनाएर पनि सम्मान प्रकट गरिएको थियो । त्यतिबेला मार्टासँगै अमारिल्डो, बेबेटो, कार्लोस अल्बर्टो टोरेस, रोनाल्डो र मारियो जगालोलाई पनि यस्तो सम्मान प्रकट गरिएको थियो । 

रियो दी जेनेरियोमा आयोजित ओलम्पिक खेलकुदमा उनीसहित आठजनालाई ओलम्पिकको झण्डा बोक्ने महत्वपूर्ण अवसर पनि प्रदान गरिएको थियो । उनी सन् २०१० मा संयुक्त राष्ट्र संघको सद्भावनादूत पनि बनेकी थिइन् । पोर्चुगिज, स्विडिस र अंग्रेजी भाषामा उत्तिकै दख्खल राख्ने मार्टाले सन् २०१७ मा स्विडेनको नागरिकता पनि प्राप्त गरेकी छन् । हाल मार्टासँग ब्राजिल र स्विडेन दुबै राष्ट्रको नागरिकता छ । 

एउटा अनौठो रहस्यको खुलासा
मार्टा र अमेरिकी खेलाडी टोनी प्रेसली लामो समयदेखि एउटै क्लबबाट ब्यवसायिक फुटबल खेल्दै आएका छन् । यी दुबै खेलाडी अमेरिकाको फ्लोरिडास्थित क्लब ओरल्यान्डोबाट ब्यवसायिक फुटबल खेल्छन् । 

सन् २०२१ को जनवरीमा उनले एउटा अनौठो रहस्य खोलेकी थिइन् । मार्टाले आफू ३३ वर्षीया प्रेसलीसँग प्रेम सम्बन्धमा रहेको रहस्य खोलेकी थिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप