सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नर्वेलाई हराउँदै जापान अन्तिम आठमा

शनिबार, २० साउन २०८०, १५ : ५५
शनिबार, २० साउन २०८०

काठमाडौँ । नर्वेलाई हराउँदै जापान दोस्रोपटक महिला विश्वकपको उपाधि जित्नेतर्फ एक कदम अघि बढेको छ । शनिबार भएको खेलमा जापान ३–१ गोलले विजयी हुँदै प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

सन् २०११ को विश्व विजेता जापानले खेलको १५ औँ मिनेटमा नै अग्रता लिएको थियो । नर्वेकी डिफेन्डर इनग्रिड एनजेनको आत्मघाती गोल जापानले उपहार पाएको थियो । तर, त्यसको केही मिनेटपछि नै नर्जेकी गुरो रेइटेनले गोल गर्दै टोलीलाई खेलमा फर्काएकी थिइन् ।

दोस्रो हाफमा रिसा सिमिजुले गोल गर्दै जापानलाई पुनः अग्रता दिलाइन् । ८१ औँ मिनेटमा हिनाता मियाजावाले अर्को गोल थप्दै जापानको जीत सुनिश्चित गरिन् । योसँगै उनले यो विश्वकपमा गोल्डन बुटको दाबेदारी कायम राखेकी छन् । ५ गोल गर्दै गोलकर्ताको सूचीमा मियाजावा शीर्ष स्थानमा छिन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप