सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

महिला विश्वकप : स्पेन पहिलोपटक क्वार्टरफाइनलमा

शनिबार, २० साउन २०८०, १६ : ००
शनिबार, २० साउन २०८०

वेलिङटन । स्वीटजरल्याण्डमाथि शानदार जीत हासिल गर्दै स्पेन न्युजिल्याण्ड र अस्ट्रेलियामा जारी महिला विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । स्पेनले ५–१ गोलअन्तरले स्वीटजरल्याण्डलाई हराउँदै पहिलोपटक प्रतियोगिताको अन्तिम आठमा स्थान बनाउन सफल भएको हो ।

ऐटाना बोनमाटीले खेलको पाँचौँ मिनेटमा स्पेनलाई अग्रता दिलाएपनि ११ औँ मिनेटमा लाइया कोडिनाले आत्मघाती गोल गरेपछि स्वीटजरल्याण्ड खेलमा फर्किएको थियो । तर, त्यसपछि भने स्पेनले गोलको वर्षा गर्‍यो । १७ औँ मिनेटमा अल्बा रेडोन्डोले स्पेनलाई पुनः अग्रता दिलाइन् । ३६ औँ मिनेटमा बोनमाटीले खेलमा आफ्नो दोस्रो गोल गरिन् भने कोडिनाले आत्मघाती गोलको बदलामा अर्को गोल थप्दै टोलीको अग्रता फराकिलो बनाइन् ।

दोस्रो हाफमा जेनिफर हरमोसोले अर्को गोल थप्दै स्पेनलाई उत्कृष्ट जीत दिलाइन् । अब स्पेनले क्वार्टरफाइनलमा नेदरल्याण्ड्स र दक्षिण अफ्रिकाबीचको विजेताको सामना गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप