आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रोहित चौधरीको गोली प्रहार गरी हत्या भएको घटनामा संलग्न थप दुई जना पक्राउ

शनिबार, २० साउन २०८०, १६ : ३१
शनिबार, २० साउन २०८०

सुनसरी । इटहरी उपमहानगरपालिका-२० सेउती पुलमा मोरङ विराटनगर महानगरपालिका-५ कोचाखाल बस्ने २८ वर्षीय रोहित चौधरीको साउन ५ गते गोली प्रहार गरी हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा थप २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उक्त घटनामा संलग्न धरान उपमहानगरपालिका-४ बस्ने २७ वर्षीय ज्याङलो भन्ने युनेश राईलाई शनिबार उनकै घरबाट ८ राउण्ड गोलीसहित र इटहरी उपमहानगरपालिका-४ डेरा गरी बस्ने सुनसरी धरान उपमहानगरपालिका-८ घर भएका २९ वर्षीय सुजन तामाङलाई मोरङ विराटनगर महानगरपालिका-११ स्थित महेन्द्रचोकबाट शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

उनीहरू उपर इलाका प्रहरी कार्यालय इटहरीबाट थप अनुसन्धान भइरहेको छ । यसअघि सोही घटनामा संलग्न २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको थियो ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप