कमला नदीले बगाएर धनुषामा श्रीमान् श्रीमती बेपत्ता
मङ्गलबार, २३ साउन २०८०, १७ : ०७
जनकपुरधाम । कमला नदीले बगाएर धनुषामा श्रीमान् श्रीमती बेपत्ता भएको छ ।
नदीमा दाउरा टिप्ने क्रममा नदीले बगाउँदा गणेशमान चारनाथ नगरपालिका वडा नं.७ टरियाका साजन परियार र उनकी श्रीमती माया परियार बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी वेदप्रसाद गौतमले जानकारी दिएको छ ।
कमला नदीको ब्यारेजबाट दिउँसो १ बजेको समयमा खोलाले बगाउँदा बेपत्ता उनीहरू अझै नभेटिएको गौतमको भनाइ छ । प्रहरीले उनीहरूको उद्धार कार्य जारी रहेको जनाएको छ ।
उनीहरूको खोजीमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली लागेको छ ।