बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

जनतामाथि डोजर चलाएर परियोजना बनाउन खोजे अवरोध हुन्छ : सीके राउत

मङ्गलबार, २३ साउन २०८०, १७ : २६
मङ्गलबार, २३ साउन २०८०

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष तथा सांसद डा. चन्द्रकान्त राउतले जनतामाथि डोजर चलाएर परियोजना बनाउन नहुने बताएका छन् । 

मंगलबार प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा अध्यक्ष राउतले विद्युत उत्पादक व्यवसायीहरुसँग पैसा छ भन्दैमा जनतालाई पेलेर जलविद्युतका परियोजनाहरु बनाउन दिन नहुने बताए । 
उनले सरकारले जनतालाई पेलेर जलविद्युत परियोजनाहरु निजी क्षेत्रलाई दिए सांसदहरुले नै अवरोध गर्ने बताए । 

राउतले कुनै पनि विकास जनताको लागि गर्ने भएकाले जनताको पक्षमा हुनु पर्ने उल्लेख गरे । उनले विकास जनता र प्राकृतिक संरचना मास्ने गरी कुनै पनि परियोजनाहरु आउनु नहुने बताए । 

राउतले परियोजनाहरुको वातावरण परिक्षण मूल्यांकन गर्दा इमान्दारि पूर्वक गराउन आवश्यक रहेको बताए । 

उनले भने, ‘व्यवसायीहरुसँग पैसा छ भन्दैमा जनतालाई हेला गर्ने गरी परियोजनाहरु आउनु हुँदैन । त्यसरी आयो भने हामी सांसदहरु नै अवरोध गछौं । यो विषयमा म स्पष्ट छु । विकास भन्ने वितिकै जनताको लागि हो । विकास जनतालाई मास्ने र देशै र प्राकृतिक संरचना मास्ने गरी कुनै पनि परियोजनाहरु आउनु हुँदैन ।’
उनले व्यावसायीले चाहँदैमा सबै कुरा राज्यले दिन नहुने तर्क गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप