मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

मिस युनिभर्स इन्डोनेसियाका आयोजकमाथि यौन दुर्व्यवहारको आरोप

बुधबार, २४ साउन २०८०, १२ : ५३
बुधबार, २४ साउन २०८०

जकार्ता । मिस युनिभर्स इन्डोनेसियाका कयौँ प्रतियोगीहरूले आयोजकमाथि यौन दुर्व्यवहारको आरोप लगाउँदै प्रहरीमा उजुरी दर्ता गराएका छन् । 

उनीहरूका वकिलका अनुसार प्रतियोगीहरूलाई अगस्त ३ को फाइनलको दुई दिनअघि ‘शरीर जाँच’ र तस्बिरका लागि भन्दै सर्ट खोल्न लगाइएको थियो । इन्डोनेसियामा सौन्दर्य प्रतियोगिताहरू आयोजना गर्न दिइन्छ तर त्यहाँको रुढीवादी समाजलाई आपत्ति नहुने विषयमा आयोजकहरू सचेत रहन्छन् ।

सन् २०१३ मा मुस्लिम बाहुल्य रहेको इन्डोनेसियामा आयोजना गरिएको मिस वर्ल्ड प्रतियोगिताबाट ‘बिकिनी राउन्ड’ नै हटाइएको थियो । प्रहरीले यस विषयमा उजुरी परेको बताउँदै घटनाबारे थप अनुसन्धान गरिने बताएको छ ।

इन्डोनेसियाको कानुनअनुसार यौन दुर्व्यवहार गरेको पुष्टि भए १५ वर्षसम्म जेल सजाय हुनसक्छ । रोयटर्स समाचार एजेन्सीका अनुसार हालसम्म ६ जना प्रतियोगीहरूले प्रहरीमा उजुरी दिएका छन् । प्रतियोगीहरूकी वकिल मेलिसा आंग्राएनीका अनुसार आयोजकहरूले शरीरमा कुनै दाग, प्लास्टिक सर्जरी वा ट्याटू छ कि छैन भनेर जाँच्नका लागि भन्दै अर्धनग्न हुन भनेका थिए । 

यता, मिस युनिभर्स इन्डोनेसिया अर्गनाइजेसनले आरोपहरूबारे अनुसन्धान गरिने बताएको छ भने ग्लोबल मिस युनिभर्स अर्गनाइजेनले पनि यस विषयमा ध्यानाकर्षण भएको बताउँदै यौन दुर्व्यवहारको मामिलालाई गम्भीरतापूर्वक लिने जिकिर गरेको छ । –बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप