आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

इटली नजिकै समुद्रमा डुङ्गा पल्टियाे : ४१ आप्रवासीको मृत्यु

बुधबार, २४ साउन २०८०, १५ : ५०
बुधबार, २४ साउन २०८०

इटलीको द्विप लेन्पेडुसा नजिकै एउटा डुङ्गा दुर्घटना हुँदा ४१ आप्रवासीको मृत्यु भएको छ । दुर्घटनामा बाँचेका चार जनाले स्थानीय मिडियासँग घटनाबारे कुराकानी गरेका छन् । दुर्घटनामा ज्यान जोगाएका प्रवासीले उद्धारकर्मीसँगको संवादमा उनीहरू ट्युनिसियाबाट इटली जान लागेको बताए । 

यी चारै आप्रवासी आइभोरी कोस्ट र गिनीका बासिन्दा हुन् र बुधवार उनीहरू लेन्पेडुसा पुगे । उनीहरूका अनुसार स्फेक्स पोर्ट सिटीबाट ४५ जना डुङ्गामा सवार भए तर केही घण्टापछि नै उनीहरू चढेको डुङ्गा डुब्यो । त्यहाँबाट यात्रा गरिरहेको एउटा कार्गो सिपले उनीहरूलाई बचाएको र इटलीको कोस्ट गार्डलाई सुम्पिएको बताए । 

कोस्ट गार्डका अनुसार आइतबार यो इलाकामा दुई वटा डुङ्गा डुबेका थिए तर यी बाँचेका मानिस कुन डुङ्गाका हुन् भन्ने स्पष्ट जानकारी छैन ।

उत्तरी अफ्रिकाबाट युरोप जानका लागि समुद्र पार गर्ने कोसिसमा यस वर्ष हालसम्म १८ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् । 

ट्युनिसिया प्रशासनका अनुसार लेन्पेडुसाबाट १३० किलोमिटर टाढा ट्युनिसियाको स्फेक्स पोर्ट सिटी प्रवासीलाई गैर कानुनी तरिकाले लैजाने एक प्रमुख स्थान हो ।

हालैका दिनमा इटालीको निगरानी डुङ्गा र समाजसेवी संस्थाले लेन्डुसा पुग्ने २०० जनाको ज्यान जोगाएका छन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप