आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
प्रमाणपत्र कीर्ते प्रकरण

डा सुनीलसहित पक्राउ पर्ने डाक्टरको संख्या ५ पुग्यो (नामावलीसहित)

बिहीबार, २५ साउन २०८०, १९ : ५५
बिहीबार, २५ साउन २०८०

काठमाडौँ । अप्रेशन ‘फोक्सट्रोट चार्ली’ अन्तरगत केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले हालसम्म सांसद डा सुनील शर्मासहित ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक महिला डाक्टर समेत रहेकी छन् । 

पक्राउ पर्नेमा शर्मासहित डा रामबाबु यादव, डा एरिना यादव, अमृत चौधरी र डा रञ्जित कुमार यादव रहेका छन् । 

अमृत चौधरी त्रिवि शिक्षण अस्पतालका डाक्टर हुन् भने सुनिल बाहेकका अन्य पनि विभिन्न अस्पतालमा कार्यरत थिए । शर्मा मेडिकल व्यवसायी हुन् भने सांसद भएपछि संसदीय मोर्चामै व्यस्त थिए । 

सीआईबीका प्रवक्ता एसपी नवराज अधिकारीले यस प्रकरणमा पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको बताए । सबैले प्रमाणपत्र कीर्ते गरेर डाक्टर बनेको उजुरी परेपछि छानबिनमा दोषी देखिएको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप