आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
प्रमाणपत्र किर्ते प्रकरण

सुनील शर्मा रिहा, स्वागत गर्न पुगे दुर्गा प्रसाईँ

शुक्रबार, २६ साउन २०८०, २० : २८
शुक्रबार, २६ साउन २०८०

काठमाडौँ । मेडिकल कलेज सञ्चालक समेत रहेका सांसद डा. सुनील शर्मा रिहा भएका छन् । शैक्षिक प्रमाणपत्र किर्ते गरेको अभियोगमा पक्राउ परेका शर्मा शुक्रबार साँझ थुनामुक्त भएका हुन् ।

अदालतले ‘तारेखमा राखेर अनुसन्धान गर्नु’ भन्ने आदेश गरेपछि कांग्रेसका सांसद डा. सुनील कुमार शर्मालाई रिहा गरिएको सिआईबीका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए । कक्षा १२ शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोपमा ब्यूरोले उनलाई बिहीबार पक्राउ गरेको थियो । 

थुनामुक्त भएका शर्मालाई मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईँले स्वागत गरेका छन् । शर्मालाई दुर्गा प्रसाईँ र शर्माका परिवारका सदस्यले जिम्मा लिएका छन् ।

अनुसन्धान अधिकृतले उनलाई बयान गराउने लगायतका अनुसन्धान थुना बाहिर राखेर गर्न सक्ने कानूनी व्यवस्था छ ।

यसअघि जिल्ला अदालत काठमाडौँले शर्मालाई थुनामा नराख्न आदेश दिएको थियो । जिल्ला अदालत काठमाडौँका न्यायाधीश डण्डपाणि शर्माको इजलासले थुनामा नराखिकन शर्माविरुद्ध अनुसन्धान गर्न पनि केन्द्रीय अनुसन्धान ब्युरोको नाममा आदेश दिएको हो । 

शर्मासँगै यो प्रकरणमा पक्राउ परेका अरु भने रिहा भएका छैनन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप