सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
फोटोफिचर

मैया श्रेष्ठ : न्यूरोडकी ७० वर्षीया फोटोग्राफर

शनिबार, २७ साउन २०८०, ०५ : ५८
शनिबार, २७ साउन २०८०

स्कन्द गौतम/नेपाल फोटो लाइब्रेरी

काठमाडौँ ।  न्यूरोड काठमाडौँको धेरै भिडभाड हुने ठाउँमध्ये एक हो । ७० वर्षीया मैया श्रेष्ठ न्यूरोडको मेमोरी कन्सर्नमा ग्राहकको राहदानी साइजको फोटो खिच्न तयार हुँदै थिइन् । 

maiya shrestha lady photographer (10)

यो उमेरमा पनि श्रेष्ठ लेन्सको पछाडि उभिएर दृढ सङ्कल्प र जोसका साथ फोटोग्राफी गर्दै थिइन् । ५४ वर्षको उमेरमा यो यात्रा सुरु गरेकी मैयाको दक्ष फोटोग्राफर बन्ने बाटो पारम्परिकभन्दा भिन्न थियो । यसअघि उनले राष्ट्रिय वाणिज्य बैंकमा  बैंक सहायकको रूपमा काम गरिसकेकी थिइन् । तर, छोराको जन्मपछि पतिको सुझावले उनको करियर नै परिवर्तन भयो । त्यसपछि उनी फोटोग्राफी पसलमा पतिसँग सामेल पनि भइन् ।

maiya shrestha lady photographer (10)

पहिला उनीहरूको पसलमा भिडभाड हुने गरेको थियो, विशेष गरी दशैं जस्ता चाडपर्वहरूमा । त्यतिबेला फोटो डेभलप गर्न पनि बैंककमा तस्बिरहरू पठाउनु पर्थ्यो । तर, काठमाडौँमा स्थानीय प्रयोगशालाको स्थापनासँगै मैया विकसित हुँदै गइरहेको फोटोग्राफी उद्योगको हिस्सा बन्न पुगिन् । ती प्रयोगशालाहरूमध्ये एउटामा काम उनले काम पनि गर्न थालिन् । 

maiya shrestha lady photographer (11)

उनी ती दिनहरू सम्झन्छिन्, जब पोलारोइड क्यामेराहरू राहदानी–साइज फोटोहरू खिच्नका लागि प्रयोग गरिन्थ्यो । डिजिटल युग बढ्दै जाँदा, ल्यापटप र स्मार्टफोनहरू सर्वव्यापी भए, जसले गर्दा परम्परागत तस्बिर सेवाहरू खोज्ने ग्राहकहरूमा गिरावट आएको छ । तैपनि, यो परिवर्तनको बीचमा मैयाले आफ्ना ग्राहकहरूको माग पूरा गर्न फोटोसप जस्ता फोटो सम्पादन सफ्टवेयरलाई अँगालेर आफूलाई अपग्रेड गरिन्। भाइबर र इमेल मार्फत आफ्ना ग्राहकहरूसँग जोडिँदै उनले यस आधुनिक युगमा आफूलाई ढालेकी छन् ।

maiya shrestha lady photographer (12)

अक्सर उनको पसलमा आगन्तुकहरूले फोटोग्राफरको बारेमा सोधपुछ गर्दा र लेन्सको पछाडि मैया नै हुन् भनेर थाहा पाउँदा छक्क पर्छन् ।  तर मैयाको प्रतिभा र समर्पणले आफ्ना ग्राहकहरूको प्रशंसा र सन्तुष्टि कमाउँदै दिगो छाप छोडेकी छिन् ।

maiya shrestha lady photographer (13)

मैयाको यात्रा सबै महिलाहरूको लागि प्रेरणा बन्न सक्छ । एक ७० वर्षीया महिला जसले सामाजिक अपेक्षाहरूलाई अस्वीकार गर्छिन्, उनले अरूलाई आफ्नो जुनूनलाई पछ्याउन र उमेर वा लिङ्गको परवाह नगरी आफ्नो काम जारी राख्न प्रोत्साहित गर्छिन् । ‘म अझै पनि काम गर्छु भनेर मेरा आफन्तहरू छक्क पर्छन् किनकि तिनीहरू विभिन्न पीडा र रोगहरूको कारण घरमा बस्छन् । तर मेरो उमेरले मलाई बाधा पुर्‍याएको छैन”, मैया भन्छिन्।

maiya shrestha lady photographer (14)maiya shrestha lady photographer (15)maiya shrestha lady photographer (16)maiya shrestha lady photographer (18)maiya shrestha lady photographer (19)

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप