आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
प्रमाणपत्र किर्ते प्रकरण

नक्कली भएको आरोपमा पक्राउ परेका सक्कली डाक्टर रिहा

सोमबार, २९ साउन २०८०, ०९ : १६
सोमबार, २९ साउन २०८०

काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नक्कली प्रमाणपत्रको आधारमा काम गरेको आरोपमा पक्राउ गरेको एक जना चिकित्सक ‘सक्कली’ प्रमाणित भएपछि रिहा भएका छन् । साउन २५ मा ब्युरोले महोत्तरीको पिपरा–८ घर भएका डा. रञ्जित कुमार यादवलाई काठमाडौँबाट पक्राउ गरेको थियो । 

तर, डा. यादव सक्कली चिकित्सक भएको पुष्टि भएपछि रिहा गरिएको एसपी नवराज अधिकारीले रातोपाटीलाई जानकारी दिए । यसअघि नाम जुधेको आधारमा सीआईबीले डा. रञ्जितलाई पक्राउ गरेको भेटिएको मेडिकल काउन्सिलका रजिस्टार डा. कृष्ण प्रसाद अधिकारीले रातोपाटीलाई बताएका थिए । लगत्तै काउन्सिलले नाम जुधेका दुईजना मानिस अलग हुन भनेर पत्र लेखेर पठाएको थियो ।

डा. यादव र सीआईबीको खोजी सूचीमा रहेका अर्का चिकित्सकको बुवाको नामबाहेक अरु नाम थर मिलेको भेटिएको छ । उनी जनकपुरमा पढेका हुन् । 

ब्युरोले नेपाली कांग्रेसका सांसद सुनिल शर्मा सहित ८ जनालाई नक्कली प्रमाणपत्र लिएको आरोपमा पक्राउ गरेको थियो । शर्मालाई जिल्ला अदालतले तारेखमा राखेर अनुसन्धान गर्न आदेश दिएपछि उनी रिहा भइसकेका छन् ।

यादव पनि रिहा भएपछि अब अरू ६ जना चिकित्सक सीआईबीको हिरासतमा छन् । सीआईबीको हिरासतमा  शिक्षण अस्पतालमा कार्यरत डा. अमित चौधरी, डा. रामबाबु यादव, डा. एरिना शाह, ईशान बाल अस्पतालमा कार्यरत डा. श्रद्धा शिल्पकार, मोरङबाट पक्राउ गरिएका डा. मनित चौधरी र गोठाटारबाट पक्राउ परेकी डा. पुनम थापा छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप