आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
सुन तस्करी प्रकरण

यसरी गालिँदै छ तस्करीको अवैध ६० केजी सुन, तस्बिरहरू

मङ्गलबार, ३० साउन २०८०, १० : ४९
मङ्गलबार, ३० साउन २०८०

काठमाडौँ । मोटरसाइकलको ‘ब्रेक प्याड’ भित्र लुकाएर ल्याइएको तस्करीको सुन गाल्न थालिएको छ । 

नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा सुन गाल्न थालिएको हो । 

यसअघि हिजो ब्रेक प्याडबाट सुन छुट्याउने काम भएको थियो । यसरी छुट्टाइएको सुन ६० किलो सात सय ८९ ग्राम तौल रहेको छ । गालेपछि सुनको मात्रा अझै घट्न सक्ने अनुमान छ । 

सुन गाल्ने काम सकिएपछि त्यसको गुणस्तर र आर्थिक परीक्षणको काम थालिने पनि महाशाखाका प्रमुख थानेश्वर आचार्यले बताए । त्यसपछि मात्रै सुन कति छ र कुन गुणस्तरको हो भनेर पत्ता लाग्नेछ ।

taskari gold 2taskari gold 3taskari gold 4taskari gold 5taskari gold 6taskari gold 7taskari gold 8taskari gold 9taskari gold 10taskari gold 11taskari gold 12taskari gold

taskari gold (1)taskari gold (2)taskari gold (3)taskari gold (4)taskari gold (5)taskari gold (6)taskari gold (7)taskari gold (8)taskari gold (9)taskari gold (10)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप