सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

म्यानचेस्टर सिटीले जित्यो सुपर कपको उपाधि

बिहीबार, ३२ साउन २०८०, ०९ : ४२
बिहीबार, ३२ साउन २०८०

काठमाडौँ । यूईएफए सुपर कप फुटबल प्रतियोगिताको उपाधि इङ्लिस क्लब म्यानचेस्टर सिटीले जितेको छ । म्यानचेस्टर सिटीले बुधबार राति सम्पन्न खेलमा स्पेनिस प्रतिद्वन्द्वी सेभियालाई पेनाल्टी सुटआउटमा ५-४ गोलले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो । 

एथेन्समा खेलिएको उक्त खेलमा सेभियाले प्रारम्भमै लिएको अग्रता जोगाउन नसक्दा उपाधिबाट बिमुख हुनु परेको थियो । खेल सुरु भएको २५औं मिनेटमै सेभियाले खेलमा अग्रता लिएको थियो । सेभियाका लागि युसेफ अल-नेसरीले गोल गरेका थिए । 

सोही गोलका कारण पहिलो हाफमा सेभिया अगाडि रह्यो । पेप ग्वार्डिओलाको प्रशिक्षकत्वमा रहेको म्यानचेस्टर सिटीले निर्धारित समयको ६३औं मिनेटमा जवाफी गोल गरेको थियो । म्यानचेस्टर सिटीका लागि कोल पाल्मरले जवाफी गोल गरेका हुन् । 

युरोपियन च्याम्पियन्स लिगको उपाधि विजेता म्यानचेस्टर सिटी कम्युनिटी शिल्डमा भने आर्सनलसँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो । तर, सुपर कपमा भने पेनाल्टी सुटआउटमै म्यानचेस्टर सिटीले बाजी मार्‍यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप