आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘एक भगवत् गीता’ पोस्टरमा रोमान्टिक धीरज र सुहाना

शुक्रबार, ०१ भदौ २०८०, १२ : १४
शुक्रबार, ०१ भदौ २०८०

काठमाडौंँ । २९ भदौबाट प्रदर्शनमा आउने फिल्म ‘एक भगवत् गीता’को पोस्टर सार्वजनिक गरिएको छ । निर्माण युनिटले फिल्मको प्रचार प्रसार सुरु गर्न फिल्मको तीन पोस्टर सार्वजनिक गरेको हो । सार्वजनिक पोष्टरमा कलाकार विपिन कार्की, सुहाना थापा, धीरज मगर लगायत देखिएका छन् । 

‘क्यारेक्टर लुक्स’ पोस्टरमा धिरज र सुहाना रोमान्टिक अवतारमा छन् । धीरज गुरुङ पहिरनमा र मधेशी समुदायको गेटअपमा छिन् । विपिन कार्की ट्रान्सजेन्डर लुक्समा छन् ।

अन्र्तजातीय प्रेमकथामामा निर्माण भएको फिल्ममा विपिन, सुहान, धिरजको अलवा कविर खड्का, जेविस र जेविन श्रेष्ठ, संजोग रसाइली, मुकेश झा, अनुराग कुँवर, राम कैलाश ठाकुर, धिरज ठाकुर लगायतको अभिनय छ । 

सुनिल कुमार थापाको निर्माण रहेको फिल्को कथा निर्देशक झरना थापाले गरेकी हुन् । झरनासँगै सरिन पोखरेल, परिक्षेद सेन, पुरुषोत्तम ढंगेल र कृष्णको पटकथा रहेको फिल्म परिक्षेद र पुरुषोत्तमले संवाद लेखेका छन् ।

सुहाना इन्टरटेनमेन्ट र सुनिल कुमार थापा प्रोडक्सनको व्यानरमा निर्माण भएको फिल्ममा राजेश श्रेष्ठको छायांकन, मित्र डि गुरुङको सम्पादन, हिमाल केसीको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी तथा शैलेश श्रेष्ठको ब्याकग्राउण्ड स्कोर, हर्कुलस बस्नेत, आशिष अविरल र प्रवेश मल्लिकको संगीत छ ।

फिल्मको छायांकन सुरु हुँदा नाम ‘भगवत् गीता’ राखिएको थियो । अहिले नामको अगाडि ‘एक’ थपिएको छ । फिल्मको बितरण उपत्यकामा गोविन्द शाहीको काफिया फिल्मस् र काठमाडौं बाहिर केदार पराजुलीको श्री कृष्ण फिल्मस्ले गर्दैछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप