सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

व्यवसायिक खेल जीवनबाट संन्यास लिए वाल्कटले

शुक्रबार, ०१ भदौ २०८०, १५ : १२
शुक्रबार, ०१ भदौ २०८०

काठमाडौँ । इङ्ल्यान्डका पूर्वस्ट्राइकर थियो वाल्कटले व्यवसायिक खेल जीवनबाट पनि संन्यास लिएको घोषणा गरेका छन् । वाल्कटले ३४ वर्षको उमेरमा व्यवसायिक खेल जीवनबाट संन्यासको घोषणा गरेका हुन् । 

उनले अन्तर्राष्ट्रिय फुटबलबाट भने सन् २०१६ मै संन्यास लिएका थिए । सन् २००६ मा राष्ट्रिय टोलीमा ‘डेब्यू’ गरेका वाल्कटले १० वर्षसम्म इङ्ल्यान्डबाट खेलेका थिए । पछिल्लो समय उनी इङ्लिस क्लब साउथएम्पटनमा आवद्ध थिए । उनी सन् २०२१ मा साउथएम्पटनमा आबद्ध भएका थिए ।

उनले सन् २००५ मा साउथ एम्पटनकै सिनियर टोलीबाट व्यवसायिक खेल जीवनमा ‘डेब्यू’ गरेका थिए । त्यसपछि उनी साउथ एम्पटन छोडेर अर्को इङ्लिस क्लब आर्सनलमा आवद्ध भएका थिए । उनले सन् २००६ देखि सन् २०१८ सम्म आर्सनलमा बिताएका थिए । 

उनले आफ्नो व्यवसायिक खेलजीवनको सम्पूर्ण समय इङ्लिस क्लबहरुमै बिताए । आफ्नो २३ वर्ष लामो व्यवसायिक खेलजीवनमा उनले प्रिमियर लिगमा तीन सय ९७ खेल खेलेका छन् । ‘म औपचारिक रुपमा आफ्नो व्यवसायिक खेल जीवनलाई टुंग्याएको घोषणा गर्न चाहन्छु,’ उनले भनेका छन् । 

व्यवसायिक खेल जीवनबाट सन्न्यास लिने निणर्य लिनु आफ्ना लागि निकै कठिन भएको उनले बताए । ‘पक्कै पनि मेरा लागि यो निकै दुःखद क्षण हो । यो निणर्य लिनु मेरा लागि सहज थिएन । तर, यो यथार्थलाई स्वीकार्नुको अर्को विकल्प पनि छैन,’ वाल्कटले भनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप