आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मकवानपुरको राप्ती  नदीमा जलसतह सतर्कता तह नजिक

शुक्रबार, ०१ भदौ २०८०, २२ : ०४
शुक्रबार, ०१ भदौ २०८०

हेटौँडा । मकवानपुरको राप्ती नदीमा जल सतह सतर्कता तह नजिक पुगेको छ । शुक्रवार साँझ भएको वर्षाका कारण मकवानपुरको पूर्वी राप्ती नदीमा जल सतह सतर्कता तह नजिक पुगेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार शुक्रवार साँझ २ घण्टा भएको वर्षाका कारण राप्ती नदी रजैया केन्द्रमा जल सतह मापन गर्दा सतर्कता तह नजिक पुगेकाले सचेत रहन आग्रह गरिएको छ । 

जल सतह बढेकाले मकवानपुर र चितवनको सौराहा लगायतका तटीय क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन प्राधिकरणले अनुरोध गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप