सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

म्यानचिनीले छोडेपछि स्पालेट्टी इटालीको नयाँ म्यानेजर नियुक्त

शनिबार, ०२ भदौ २०८०, १४ : २३
शनिबार, ०२ भदौ २०८०

रोम । रोबर्टो म्यानचिनीले छोडेपछि इटालीको राष्ट्रिय फुटबल टोलीले नापोलीका पूर्व प्रशिक्षक लुसियानो स्पालेट्टीलाई नयाँ म्यानेजर नियुक्त गरेको छ। ३३ वर्षमा क्लबलाई पहिलो सिरी ए उपाधि दिलाएपछि ६४ वर्षीय स्पालेट्टीले नापोली छाडेका थिए।

उनले एक वर्ष लामो विश्राम लिने बताए पनि अब फुटबलमा छिटो फिर्ता हुने निर्णय गरेका छन् । म्यानचेस्टर सिटीका पूर्व म्यानेजर ५८ वर्षीय म्यानचिनीले १३ अगस्टमा इटालीको प्रशिक्षक पदबाट राजीनामा दिएका थिए ।

उनले पाँच वर्ष राष्ट्रिय टोलीको नेतृत्व गरे । युरो २०२० मा वेम्बलीमा भएको फाइनलमा इङ्ल्यान्डलाई पेनाल्टीमा पराजित गर्दै टोलीलाई उपाधि दिलाएका थिए।

यद्यपि, इटाली गत वर्ष विश्वकपमा छनोट हुन असफल भयो। स्पालेट्टीले सेप्टेम्बर १ देखि कार्यभार सम्हाल्ने बताए।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप