सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

एम्बाप्पे फर्किए पनि रोकियो पीएसजी

आइतबार, ०३ भदौ २०८०, ०९ : ३८
आइतबार, ०३ भदौ २०८०

पेरिस । करार विवादबीच किलियान एम्बाप्पे टोलीमा फर्किँदै गोल गरे पनि साबिक विजेता पेरिस सेन्ट जर्मेन लिग वानमा टोलुससँग बराबरीमा रोकिएको छ । शनिबार भएको खेल १–१ को बराबरीमा सकिएको हो ।

२४ वर्षीय फ्रेन्च कप्तान सब्सटिच्युटका रूपमा मैदान प्रवेश गरेको ११ मिनेटमा नै गोल गर्न सफल भएका थिए । ६२ औँ मिनेटमा पेनाल्टीबाट गोल गर्दै उनले टोलीलाई अग्रता दिलाए ।

तर, खेलको अन्त्यतिर मोरक्कोका फरवार्ड जाकारिया अबुखलालले पेनाल्टीबाट गोल फर्काउँदै खेल बराबरी गरे । पीएसजी सुरुवाती दुई खेलमा जीतविहीन रहेको छ । पहिलो खेलमा पनि टोली बराबरीमा नै रोकिएको थियो । शनिबार भएका अन्य खेलमा मोन्टपेलियरले लियोनलाई ४–१ गोलले हरायो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप