आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रसुवाको स्याफ्रुबेसीबाट २ किलो सुनसहित दुईजना पक्राउ

आइतबार, ०३ भदौ २०८०, १३ : ५१
आइतबार, ०३ भदौ २०८०

काठमाडौँ । रसुवाको स्याफ्रुबेसीबाट प्रहरीले २ किलो सुनसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–५ घर भएका सुदिप शेर्पा र भोटेकोशी–१ घर भएका खुर्साङ्बु शेर्पा छन् ।

मोटरसाइकल चढेर टिमुरेबाट कठमाडौँतर्फ आउँदै गरेका सुदिप शेर्पाले चेस्टगार्डमा लुकाएर ल्याएको अवस्थामा सुन बरामद गरिएको रसुवाका डीएसपी सुवास बुढाथोकीले रातोपाटीलाई बताए । स्याफ्रुबेसी चेकपोष्टमा प्रहरीले चेकजाँच गर्दा सुन भेटिएको थियो ।

सुदिप शेर्पाले सो सुन आफुलाई खुर्साङ्बुले दिएको बताएका थिए । सुपिदको बयानको आधारमा खुर्साङ्बुलाई पक्राउ गरिएको डिएसपी बुढाथोकीले बताए ।

सुन र आरोपीतहरुलाई प्रहरीले राजस्व अनुसन्धान विभाग, हरिहरभवनमा पठाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप