मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय
काेशी प्रदेश

मिलेरै अगाडि बढ्न मुख्यमन्त्री थापाको आग्रह

सोमबार, ०४ भदौ २०८०, १७ : २६
सोमबार, ०४ भदौ २०८०

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सहमतीय सरकार अहिले पनि आवश्यक भएको बताएका छन् । प्रदेशसभामा आफूले राखेको विश्वासको मतसम्बन्धी प्रस्ताव उपर विपक्षीले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।  उनले प्रदेशलाई दुर्घटनाबाट जोगाउनका लागि विपक्षी दल एमाले र राप्रपाको भूमिका महत्वपूर्ण हुन्छ भनेर भन्दा पनि सम्भव नभएको बताए । 

प्रदेशसभाको ठूलो दलको सरकारले विश्वासको मत लिन नसकेपछि आफूले दोस्रो दलको तर्फबाट नेतृत्व गर्ने कोशिष गरेको उनले बताए । पहिलो दलले सरकारको नेतृत्व गर्न नसकेपछि काँग्रेस अगाडि बढेको उनको भनाइ थियो ।  पहिलो कार्यकालमा आफूले शपथग्रहण गरेको दोस्रो दिनमै सर्वोच्चमा मुद्दा परेको विषय उप्काउँदै उनले अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको पनि स्मरण गरे ।

पहिलो कार्यकालमा आफूले मुख्यमन्त्रीको कुर्सीभन्दा पनि सर्वोच्चको ढोका पुग्नु परेको गुनासो गरे । त्यस समयमा प्रदेशका सर्वसाधरण बाढी, पहिरो र डुबानले अस्तव्यस्त हुनुपरेको अवस्था रहेको बताउँदै, लम्पीस्किन, डेंगुजस्ता महामारी हुँदा पनि सरकारले काम गर्न नसक्ने अवस्थामा पुगेको बताए । उनले सबैदल मिलेर सहकार्य गरेर सहमति गरेर अगाडि नबढेसम्म केही हुनै नसक्ने बताउँदै मिलेर अगाडि बढ्न अनुरोध गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप