आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

इटाली पठाउँछु भनेर ठगेको आरोपमा पक्राउ

बुधबार, ०६ भदौ २०८०, २१ : २७
बुधबार, ०६ भदौ २०८०

काठमाडौँ । इटाली पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले काठमाडौँको कीर्तिपुरबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिकोटको तिलागुफा नगरपालिका घर भएर कीर्तिपुर बस्ने विष्णुऋषि पाण्डे छन् ।

५२ वर्षीय पाण्डेले वैदेशिक रोजगारीका लागी इटाली पठाउँछु भनेर तिर्थबहादुर थापासँग  ४ लाख ५० हजार ठगेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मिलन केसीले रातोपाटीलाई बताए ।

इटाली जान ८ लाख लाग्ने र मासिक १ लाख कमाई हुन्छ भन्ने आश्वासन देखाएर पाण्डेले ठगी गरेका हुन् । उनलाई थप अनुसन्धान र कारवाहीका लागी वैदेशिक रोजगार विभागमा पठाइएको एसपी केसीले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप