आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रिगोजिन यसरी नै मर्ने निश्चित थियो – पूर्व ब्रिटिस गुप्तचर अधिकारी

बिहीबार, ०७ भदौ २०८०, ०८ : ५२
बिहीबार, ०७ भदौ २०८०

बेलायतको गुप्तचर एजेन्सी एमआईसिक्समा रुस डेस्कका पूर्व प्रमुख क्रिस्टोफर स्टिलले प्रोगोजिनको अन्त्य यस्तो हुनु निश्चित भएको बताए । 

बीबीसीसँग कुरा गर्दै उनले विमान दुर्घटना उच्चस्तरीय सुरक्षा अधिकारीको निर्देशनमा भएको हुनसक्ने र पुटिनले यसलाई मौन अनुमोदन गरेको हुनसक्ने बताए । 

‘हामीलाई केही हप्ता अघि रुसमा व्यापारिक समुदायका वरिष्ठ व्यक्तित्वले प्रिगोजिनलाई मार्न सुपारी दिएका छन् भन्ने जानकारी दिइएको थियो । उनको रुसको सरकारमा थुप्रै दुस्मन थिए र साथीहरू निकै कम थिए । त्यसैले प्रिगोजिनको अन्त्य यस्तै हुन्थ्यो भन्ने सबैले अनुमान गरेका थिए ।’

रुसमा देशद्रोहीलाई यसरी मार्ने रेकर्ड

द इकोनोमिस्टका रक्षा सम्पादक शशाङ्क जोशीले रुसको सरकारले विश्वासघातीलाई यस्तै गर्छ र यसको एउटा रेकर्ड नै भएको बताएका छन् । 

बीबीसीसँग कुरा गर्दै जोशीले पूर्व रुसी गुप्तचर अधिकारी अलेक्जेन्डर लिट्भिनेन्कोको बेलायतमा हत्या भएको उल्लेख गरे । जोशीका अनुसार उनीमाथि रेडियोएक्टिभ पदार्थ पोलोनियम–२१० प्रयोग गरिएको थियो ।

सन् २०१८ मा, नोविचोक नर्भ एजेन्ट प्रयोग गरेर सर्गेई स्क्रिपल र उनकी छोरी युलियाको हत्याको प्रयास भएको थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप