आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

वाग्नर समूहका प्रमुखले आफ्नो मृत्यु पत्रमा आफैँले हस्ताक्षर गरेका थिए : युक्रेन

बिहीबार, ०७ भदौ २०८०, ११ : ३४
बिहीबार, ०७ भदौ २०८०

वाग्नर समूहका प्रमुख येभगेनी प्रिगोजिनले आफ्नो मृत्यु पत्रमा आफैँले हस्ताक्षर गरेको युक्रेनले बताएको छ । 

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका सल्लाहकार मिखाइलो पोदोलेकले एक्स (ट्विटर) मा यसबारे एउटा पोस्ट लेखेका छन् । 

उनी भन्छन्, ‘युद्धको कुहिरो हट्न पर्खनु पर्छ, तर यो स्पष्ट छ कि प्रिगोजिनले त्यति नै बेला आफ्नो विशेष मृत्यु पत्रमा हस्ताक्षर गरिदिएका थिए जब उनले लुकासेन्कोको विचित्र ‘प्रत्यायभूति’ र पुटिनको सम्मानले भरिएको शब्दमाथि विश्वास गरे ।’

मिखाइलो पोदोलेक लेख्छन्, ‘सैन्य कूको कोसिसको दुई महिनापछि प्रिगोजिन र वाग्नर नदेखिनु सन् २०२४ को चुनावभन्दा अघि रुसका अभिजात वर्गलाई पुटिनले दिएको सङ्केत हो । सावधान ! बफादारी नदेखाउनु मृत्यु बराबर हो ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप