आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

संसदमा मन्त्री नदेखेपछि सूर्य थापाले भने–‘सदनको घनघोर अपमान भो’

बिहीबार, ०७ भदौ २०८०, १४ : ३२
बिहीबार, ०७ भदौ २०८०

काठमाडौँ । नेकपा एमालेका सांसद सूर्यबहादुर थापाले प्रतिनिधि सभाको बैठकमा सरकारका प्रधानमन्त्री, मन्त्री सहभागी नभएको भन्दै सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका छन् । 

बिहीबार बसेको प्रतिनिधि सभाको बैठकको शून्य समयमा सभामुखको ध्यानाकर्षण गराउँदै थापाले संसदमा मन्त्रीको उपस्थिति नहुनु घनघोर अपमान भएको टिप्पणी गरेका छन् । 

उनले भने–‘सरकार हरायो सभामुख महोदय, सरकार खोजीपाँउ । मन्त्रीहरू बेगर यो सदनको कारबाही अगाडि बढ्न सक्दैन । प्रतिनिधि सभा नियमावली अन्तर्गत म सभामुख महोदयको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु, प्रधानमन्त्री र २५ जना मन्त्रीहरू मध्ये १ जना पनि यो सदनमा नदेखिनु यो घनघोर अन्याय हो, अपमान हो यो सदनको म गम्भीरतापूर्वक ध्यानाकर्षण गराउन चाहन्छु ।’

सांसद थापाले ध्यानाकर्षण गराउँदा गराउँदै राज्यमन्त्री नन्दा चपाई सभाहलमा प्रवेश गरेकी थिइन । सभामुख घिमिरेले मन्त्री बैठकमा आइसकेकोले अब बैठक नियमित अगाडि बढ्ने जानकारी गराए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप