आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
अपराध

‘जमजम इलेक्ट्रोनिक्स’को नाममा ठगी धन्दा, झण्डै ५० लाखसहित २ जना पक्राउ

बिहीबार, ०७ भदौ २०८०, १७ : २३
बिहीबार, ०७ भदौ २०८०

काठमाडौँ । ठगीधन्दामा संलग्न रहेको आरोपमा प्रहरीले करिब ५० लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साका राजकुमार पण्डित र रौतहटका उमेश कुमार यादव रहेका छन् । 

उनीहरुले सामाजिक सञ्जाल टिकटक, फेसबुक, ह्वाट्स एप मा जमजम इलेक्ट्रोनिक्समार्फत पुरस्कृत भएको भन्दै कस्टम क्लियरेन्सका लागि रकम मागेर ठगी गरेको उजुरी परेको थियो । उनीहरुले पीडित महिलाहरुलाई विभिन्न बैंक खातामा रकम जम्मा गर्न लगाइ ठगी गरेको उजुरी परेको नेपाल प्रहरीको साइबर ब्युरोले जनाएको छ । 

यसबारे अनुसन्धानका क्रममा ब्युरोको टोलीले ललितपुरको कुपण्डोल गुसिङ्गालबाट पक्राउ गरेर आवश्यक अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ । 

ब्युरोका अनुसार अभियुक्तहरुको साथबाट ४९ लाख ९५ हजार रुपैयाँ बरामद भएको छ । यस्तै १८३ थान सिमकार्ड, १२ वटा एटीएम कार्ड र राउटरलगायतका सामाम बरामद गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप