आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

हिमालयन बैंक लिमिटेडद्वारा कान्ति बाल अस्पताललाई आर्थिक सहयोग

बिहीबार, ०७ भदौ २०८०, २० : ५५
बिहीबार, ०७ भदौ २०८०

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महाराजगन्ज स्थित कान्ति बाल अस्पताललाई २० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको छ । 

बैंकले प्रदान गरेको उक्त रकम कान्ति बाल अस्पतालले आफ्नो मुख्य प्रवेश द्वार निर्माण गर्न तथा अस्पताल हाता भित्र रहेको बाल उद्यान तथा त्यस वरपरको क्षेत्रको  सौन्दर्यीकरण गर्न खर्च गर्ने छ । कान्ति बाल अस्पतालमा बिहीबार आयोजित एक समारोहका बीच उक्त रकम प्रदान गर्ने सहमति भएको छ । 

सो समारोहमा बैंकका तर्फ बाट बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले कान्ति बाल अस्पताल विकास समितिका अध्यक्ष डा। बाबुराम गौतमलाई उक्त प्रतिबद्धता पत्र प्रदान गरेका थिए ।

सो अवसरमा अस्पतालका निर्देशक डा। युवानिधि बसौला,  बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत विपिन हाडा, विजयमान नकर्मी, बैंकका महाराजगन्ज शाखाका प्रमुख अभय बहादुर शाह लगायत बैंकका र अस्पतालका अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप