आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विकट गाउँमा नेत्र सेवा पुर्‍याउने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र तिलगंगा आँखा अस्पतालबीच सम्झौता

शुक्रबार, ०८ भदौ २०८०, १८ : ५५
शुक्रबार, ०८ भदौ २०८०

काठमाडौँ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र तिलगंगा आँखा अस्पतालबीच अत्याधुनिक सेवा विस्तारका लागि सम्झौता भएको छ ।  

शुक्रबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा मन्त्री मोहन बहादुर बस्नेतको उपस्थितिमा आँखा अस्पतालका वरिष्ठ नेत्र रोग विशेषज्ञ डा.सन्दुक रुइत र प्रतिष्ठानका उपकुलपति  डा.मंगल रावलले उक्त सम्झौता गरेका हुन् । 

सो अवसरमा स्वास्थ्य मन्त्री बस्नेतले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र तिलगंगा आँखा अस्पतालको सहकार्यले नेत्र रोगसम्बन्धी सम्पूर्ण सेवा प्रतिष्ठानमा मात्रै सीमित नभएर कर्णाली प्रदेशका विकट गाउँगाउँका जनताले सेवा पाउने विश्वास व्यक्त गरे ।

उनले भने, ‘दुई अस्पतालबीचको विशेषज्ञ सेवा तथा अत्याधुनिक सेवा विस्तार हुँदा प्रतिष्ठान केन्द्र हो भने अन्य विकट ठाउँमा सेवा प्रवाहका लागि शाखा विस्तार गरी सेवा उपलब्ध हुन्छ ।’

मन्त्री बस्नेतले आँखाको उपचार अन्य स्वास्थ्य उपचार झैँ  जनताको पहुँचमा नरहेको अवस्था तिलगंगा आँखा अस्पताल र प्रतिष्ठानको सहकार्यले नेत्र रोगीहरूलाई सहज हुने बताए ।

आँखा अस्पतालका वरिष्ठ नेत्र रोग विशेषज्ञ डा रुइतले कर्णाली प्रतिष्ठान अन्र्तगतको आँखा विभागलाई अत्याधुनिक शल्याक्रिया सुविधाका लागि जनशक्तिका लागि तालिम र स्वास्थ्य उपकरण उपलब्ध गराइने बताए । कर्णाली प्रतिष्ठानसँगै विकटमा आँखा स्वास्थ्यको सेवा विस्तार गरिने डा. रुइतले सुनाए ।

उनले भने, ‘अब कर्णालीका कुना कुनामा गएर मोतिविन्दू, जलविन्दु, चिनी रोगबाट आँखामा आउने समस्या, आँखाको कम पावर भएका बिरामी सेवा गछौँ ।’

प्रतिष्ठानका उपकुलपति डा. रावलले प्रतिष्ठानमा आँखा स्वास्थ्यसम्बन्धी बहिरंग सेवा सञ्चालन भएपनि अबको ४ महिनामा सहकार्यमा अत्याधुनिक आँखा विभाग स्थापना हुने बताए ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप