आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘किस’ विवादमा स्पेनिस फुटबल महासंघका अध्यक्ष निलम्बित

शनिबार, ०९ भदौ २०८०, २१ : १४
शनिबार, ०९ भदौ २०८०

मड्रिड । स्पेनिस फुटबल महासंघका अध्यक्ष लुइस रुबियाल्सलाई फिफाले निलम्बन गरेको छ । फिफाको अनुशासन समितिले यो जानकारी दिएको हो ।

स्पेनिस महिला फुटबल खेलाडी जेनी हर्मोसोले स्पेनिस फुटबल महासंघका अध्यक्ष लुइस रुबियाल्सले आफूलाई चुम्बन गर्दा आफ्नो सहमति नभएको बताएकी छन् । स्पेनका ८० भन्दा बढी महिला खेलाडीले रुबियालेसलाई पदबाट नहटाएसम्म मैदानमा नजाने बताएका छन् ।

स्पेनले गत आइतबार महिला विश्वकपको फाइनलमा इंग्ल्याण्डलाई पराजित गरेको थियो । यस क्रममा रुबियालेजले स्पेनिस महिला खेलाडी जेनी हर्मोसोलाई चुम्बन गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप