आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
संसदीय समिति

कानुन, न्याय तथा मानवअधिकार समितिमा माओवादीकी सुवेदीद्वारा मनोनयन दर्ता

आइतबार, १० भदौ २०८०, १४ : १३
आइतबार, १० भदौ २०८०

काठमाडौँ । नेकपा माओवादी केन्द्रले कानुन, न्याय तथा मानवअधिकार समितिको सभापति पाएको छ । मा‌ओवादीकी सांसद विमला सुवेदीले समितिको सभापति पदमा मनोनयन दर्ता गरेकी हुन् ।

सुवेदीको प्रस्तावकमा माओवादी सांसद पूर्णबहादुर घर्ती रहेका छन् भने समर्थकमा कांग्रेस सांसद रमेश लेखक, एमाले सांसद महेश बर्ताैला र राप्रपा सांसद ध्रुवबहादुर प्रधान रहेका छन् । 

bimala subedi (2)

यसअघि १० वटा विषयगत समितिमध्ये माओवादी केन्द्रले विकास समिति र कानुन, न्याय तथा मानवअधिकार समितिको सभापति पाएको थियो । तर पूर्वाधार तथा विकास समितिको सभापति राप्रपाले पाएपछि माओवादी केन्द्रका सांसद माधव सापकोटा आउट भएका छन् ।

माओवादीले पाएकामध्ये एक समिति रोज्न राप्रपालाई दिइएको थियो । दुईमध्ये रापप्रपाले विकास समिति रोजेपछि सापकोटा आउट भएका हुन् । पूर्वाधार तथा विकास समितिको सभापति राप्रपाबाट दीपक सिंह उम्मेदवार हुने भएका छन् ।  ‘सहमतिका लागि हामीले पाएको समितिमध्ये विकास समिति राप्रपालाई दियौं’, माओवादी प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप