सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

५६४ महिलासहित ६०७० जना नेपाली शान्ति सैनिक कार्यरत

सोमबार, ११ भदौ २०८०, १६ : १९
सोमबार, ११ भदौ २०८०

काठमाडौँ । विभिन्‍न १३ मिशनहरुमा ६०७० जना शान्ति सैनिक कार्यरत रहेको नेपाली सेनाले जनाएको छ ।  यो संख्यासँगै नेपाल संयुक्त राष्ट्रसंघलाई फौज उपलब्ध गराउने सदस्य राष्ट्रहरुमध्ये शीर्ष दोस्रो स्थानमा रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ  । 

यस्तै, नेपालबाट ५६४ महिला पनि शान्ति सैनिकका रुपमा खटिएका छन् । जुन महिलाहरुतर्फ शान्ति सेनामा संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरुमध्ये सबैभन्दा ठूलो सहभागिता भएको सेनाले जनाएको छ । 

यसैबीच सैनिक प्रहरी युनिट (शान्ति सेना) नवौं डफ्फाका ७१ जना शान्ति सैनिकहरु सोमबार सेन्ट्रल अफ्रिकन रिपब्लिकका लागि प्रस्थान गरेका छन् ।  प्रमुख सेनानी अशोक कुमार मल्लको नेतृत्वमा रहेका उक्त टोली त्यसतर्फ प्रस्थान गरेका हुन् । 

यसअघि भाद्र १० गते सोही मिशनमा सहभागी   सैनिक प्रहरी युनिट (शान्ति सेना) आठौं डफ्फाका ७१ जना सैनिकहरु प्रमुख सेनानी भगत तामाङ्गको नेतृत्वमा स्वदेश फिर्ता भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप