सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

चुम्बन प्रकरण : स्पेनिस फुटबल संघका क्षेत्रीय अध्यक्षहरूद्वारा लुइस रुबियालेसको राजीनामा माग

मङ्गलबार, १२ भदौ २०८०, ०९ : ३९
मङ्गलबार, १२ भदौ २०८०

मड्रिड । स्पेनिस फुटबल फेडरेसनका क्षेत्रीय अध्यक्षहरूले अध्यक्ष लुइस रुबियालेसले तत्काल राजीनामा गर्नुपर्ने माग गरेका छन् । महिला विश्वकपको फाइनल खेलपछि रुबियालेसले जेनी हरमोसोलाई चुम्बन गरेपछि उनको राजीनामा माग गरिएको हो । 

उक्त घटनापछि ४६ वर्षीय रुबियालेसको चौतर्फी आलोचना भइरहेको छ । ३३ वर्षीया हरमोसोले आफ्नो सहमति बिना नै उनले ओठमा चुम्बन गरेको स्पष्ट पारिसकेकी छन् । क्षेत्रीय अध्यक्षहरूले फेडरेसनको पुनर्संरचना गरिनुपर्ने पनि माग गरेका छन् ।

यसअघि स्पेनिस अभियोजनकर्ताहरूले उक्त घटनामा यौन दुर्व्यवहारको आरोप लगाउन मिल्ने वा नमिल्नेबारे प्रारम्भिक अनुसन्धान सुरु गरेको थियो ।

यता सोमबार रुबियालेसकी आमा एन्जेल्स बेजरले आफ्नो छोरामाथि गरिएको व्यवहारको विरोधमा एक चर्चमा आफूलाई बन्द गरेर आमरण अनसन सुरु गरेकी छिन् । उता सोही साँझ राजधानी मड्रिडमा हरमोसोको समर्थन र रुबियालेसको विरोधमा प्रदर्शन गरिएको छ ।

रुबियालेसले भने सो चुम्बन ‘सहमति’ मा गरिएको बताउँदै राजीनामा दिन अस्वीकार गरेका थिए । त्यसको लगत्तै शनिबार फिफाले उनलाई निलम्बन गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप