आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

फिल्म ‘ह्वाइट हाउस’मा आँचलको इन्ट्री

मङ्गलबार, १२ भदौ २०८०, १३ : ५५
मङ्गलबार, १२ भदौ २०८०

काठमाडौँ । अभिनेत्री आँचल शर्मा फिल्म ‘ह्वाइट हाउस’ मा अनुबन्धित भएकी छन् । निर्माण युनिटले उनलाई फिल्मको मुख्य भूमिकाका लागि भित्र्याएको हो । फिल्ममा यस अगाडि रमेश उप्रेती र गरिमा शर्मा पनि अनुबन्धित भएका थिए ।

सविनकुमार तोलांगीको पटकथा लेखन तथा निर्देशन रहने फिल्म  अस्ट्रेलिया र नेपालमा सुटिङ हुनेछ ।

अघिल्लो वर्ष फिल्म ‘झिँगेदाउ’ हिट दिएकी आँचलको यो वर्ष प्रदर्शनमा आएको ‘नाइँ नभन्नू ल ६’ फ्लप भयो । ‘नाइँ नभन्नू ल ६’ फ्लप भएपछि फुर्सदिलो बनेकी उनी केही अघि मुस्कान ढकालको निर्देशनमा बन्न लागेको फिल्म ‘पञ्चामृत’ भित्रिएकी थिइन् । यसमा उनको जोडी अभिनेता धिरज मगर रहने बताइन्छ ।

‘ह्वाइट हाउस’मा भने उनी रमेश उप्रेतीको जोडी बन्ने चर्चा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप