आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सीता दुलालको तीज गीत ‘बर्खाको बाटो’ सार्वजनिक

बुधबार, १३ भदौ २०८०, १३ : ३२
बुधबार, १३ भदौ २०८०

काठमाडौंँ । शिक्षिका एवं लोक गायिका सिता दुलालको तीज गीत ‘बर्खाको बाटो’ सार्वजनिक भएको छ । गायिका दुलालकै शब्द तथा स्वर रहेको गीतमा सुफिक्स मदनको संगीत तथा एरेन्ज रहेको छ ।

गीतमा कोरस गायनतर्फ शुभद्रा ढकाल र गीता दुलालले साथ दिएका छन् । गीतमा गायिकाहरुको अलवा निश्चल शाही र डोल्मा शेर्पाको अभिनय देख्न सकिन्छ । भिडियो राजेन्द्र ढकालले निर्माण गरेका हुन् ।

अभिभावक आफ्नो छोरीको बिहे गरिदिन पाए आफ्नो सबै जिम्मेवारी सकिन्छ भनेर सोच्छन् । तर छोरीको मनमा बिहे बाहेक अरू धेरै रहर र सपनाहरु हुन्छन् । त्यही सन्देश गीतले दिएको गायिका सीता दुलाल बताउँछिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप