सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

इराकमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

बुधबार, १३ भदौ २०८०, १८ : ४१
बुधबार, १३ भदौ २०८०

काठमाडौँ । इराकमा तैनाथ संयुक्त राष्ट्रसंघीय मिसनमा तैनाथ नेपाल शान्ति सैनिकहरूको अदलीबदली भएको छ । 

मिसनको बाह्रौँ डफ्फा यूएनएएमआई–१२ (बी) मा सहभागी हुनका लागि १८ सदस्यीय नेपाली शान्ति सैनिकहरूको टोली बुधबार मिसन इलाका तर्फ प्रस्थान गरेको हो ।

सो मिसनमा हाल तैनाथ एघारौँ डफ्फामा कार्यरत १५ जना शान्ति सैनिकहरू भोलि स्वदेश फिर्ता हुने योजना छ । हाल मिसनमा ८८ जना नेपाली शान्ति सैनिकहरू तैनाथ छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप