सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नेपाल र भारतको खेल हेर्न वीरगञ्ज महानगरमा बिदा

सोमबार, १८ भदौ २०८०, १३ : २२
सोमबार, १८ भदौ २०८०

जनकपुरधाम । नेपाल भारतको खेल हेर्न वीरगञ्ज महानगरपालिकाले पनि बिदा दिएको छ । महानगरपालिकाको शिक्षा अधिकृत हरि राउतले एक सूचना जारी गर्दै विद्यालयको सम्पूर्ण पठन पाठन स्थगन गर्न निर्देशन दिएको हो ।

क्रिकेट प्रति खेल प्रतिको उत्साह र भावना अभिवृद्धि गर्न तथा एसिया कपमा नेपाल सहभागी भई गौरवान्वित महसुस गरेकोले नेपाल टिमको हौसला बढाउन विद्यालयमा बिदाको घोषणा गरिएको सूचनामा उल्लेख छ । यसअघि जनकपुरधामले पाकिस्तानसँगको खेल र आज हुने खेल हेर्न दिउँसो २ बजेदेखि बिदा दिएको छ ।

श्रीलङ्काको क्याण्डीमा दिउँसो सवा ३ बजेदेखि हुने खेलमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ । यो खेललाई ऐतिहासिक खेलको रूपमा लिइएको छ । 

birgunj

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप