सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

विश्वकप एसिया छनोट : नेपाल र युएईबीचको खेल रद्द

बुधबार, २० भदौ २०८०, ११ : ४२
बुधबार, २० भदौ २०८०

काठमाडौँ । मलेसियामा जारी आइसिसी महिला टि २० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीचको खेल वर्षाको कारण रद्द भएको छ । मलेसियाको क्वालालम्पुरस्थित सेलाङग्रटर्फ क्लबमा हुने भनिएको दुई देशबीच खेलमा वर्षाका कारण टस समेत हुन नसकेपछि दुवै टोलीले एक एक अङ्क बाड्दै खेल टुङ्गाए । यससँगै युएई समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा पुग्यो भने नेपाल समूह ‘ए’ को उपविजेताको रुपमा सेमिफाइनलमा पुग्यो ।  

दुवै टोलीले समान पाँच खेलमा ९ अङ्क जोड्दै नेटरनरेटकका आधरमा विजेता र उपविजेता टोलीको रुपमा सेमिफाइनलमा पुगेका हुन । नेपालले अब समूह ‘बी’ को विजेतासँग यही भदौ २२ गते सेमिफाइनल खेल्नेछ । नेपाल फाइनलमा पुग्न सके सन् २०२४ मा हुने ग्लोबल टि २० विश्वकप छनोट खेल्न पाउनेछ ।

त्यसैगरी समूह ‘बी’ मा हङकङ तीन खेलमा ६ अङ्कका साथ शीर्ष स्थानमा छ । थाईल्याान्ड पनि समान तीन खेलमा ५ अङ्कका साथ दोस्रो स्थानमा छ । हङकङ र थाईल्यान्डबीचको खेल आजै हुनेछ । उक्त खेलको विजेतासँग नेपालले सेमिफाइनलमा खेल्नेछ भने युएईले उपविजेतासँग खेल्नेछ । 

यसअघि नेपालले समूह चरणको खेलमा अपराजित रहेको थियो । नेपालले घरेलु टोली मलेसियालाई पाँच रन, बहराइनलाई १० विकेट, भुटानलाई ३ विकेट र कतारलाई ९ विकेटले पराजित गर्दै विजयी भएको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप