आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बालिका मृत्यु प्रकरणको छानबिन गर्न कान्ति अस्पतालले बनायो समिति

बुधबार, २० भदौ २०८०, १६ : ३४
बुधबार, २० भदौ २०८०

काठमाडौँ । बालिका मृत्यु प्रकरणको छानबिन गर्न कान्ति बाल अस्पतालले समिति गठन गरेको छ । अस्पतालमा उपचार गराउन आएकी बालिकाको गत सोमबार मृत्यु भएको थियो ।

सो घटनाको सत्यतथ्य छानबिन गरी पाँच दिनभित्र प्रतिवेदन बुझाउन समितिलाई निर्देशन दिएको छ । अस्पतालले डा. प्रकाश जोशीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । सदस्यमा नर्सिङ अधिकृत अजिता सिलवाल र शाखा अधिकृत डम्बरु दाहाल रहेका छन् । 

मकवानपुर थाहा नगरपालिका १० घर भई हाल काठमाडौँको बाफल बस्ने पाँच वर्षीय रेजिशा गोपालीको समयमा उपचार नपाउँदा अस्पतालमा मृत्यु भएको आफन्तले बताएका छन्  ।

kanti hospital 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप