सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

चुम्बन प्रकरण : हर्मोसोद्वारा रुबियालेसविरुद्ध उजुरी दर्ता

बिहीबार, २१ भदौ २०८०, ०९ : ५६
बिहीबार, २१ भदौ २०८०

मड्रिड । जेनी हर्मोसोले स्पेनिस फुटबल फेडरेसनका अध्यक्ष लुइस रुबियालेसविरुद्ध उजुरी दर्ता गरेकी छन् । स्पेनले महिला विश्वकपको उपाधि जितेपछि रुबियालेसले हर्मोसोलाई मैदानमा चुम्बन गरेका थिए, हर्मोसोले त्यसमा उनको सहमति नभएको बताएकी छन् ।

उता रुबियालेसले भने चुम्बन ‘आपसी सहमति’ मा भएको दाबी गरेका छन् । उनलाई विश्व फुटबलको नियामक निकायले निलम्बन गरिसकेको छ । उजुरीसँगै अब ४६ वर्षीय रुबियालेसमाथि आपराधिक मुद्दा चल्न सक्छ ।

२९ अगस्तमा स्पेनका अभियोजकले यो घटना यौन दुर्व्यवहारको रूपमा अघि बढ्न सक्छ कि सक्दैन भनेर प्रारम्भिक अनुसन्धान सुरु गरेको थियो । 

उता रुबियालेसले भने आफ्नो पदबाट राजीनामा दिन अस्वीकार गर्दै आइरहेका छन् । २३ विश्वकप विजेतासहित ८१ स्पेनिस खेलाडीहरूले रुबियालेस नेतृत्वमा रहुन्जेल फुटबल नखेल्ने घोषणा गरिसकेका छन् ।

स्पेनले सेप्टेम्बर २२ र २६ मा स्वीडेन र स्वीटजरल्याण्डविरुद्ध यूईएफए नेसन्स लिगको छनोट खेलहरू खेल्नुपर्नेछ । मंगलबार स्पेनको विश्वकप विजेता प्रशिक्षक जर्ज भिल्डालाई हटाएर मोन्टसे टोमलाई प्रशिक्षक नियुक्त गरिएको छ । भिल्भालाई रुबियालेस निकट मानिन्थ्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप