आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘जनतालाई केन्द्रमा राखेर कर्मचारीले काम गर्नुपर्दछ’

शुक्रबार, २२ भदौ २०८०, १२ : ५०
शुक्रबार, २२ भदौ २०८०

सुर्खेत। कर्णालीमा अर्थमन्त्री बेदराज सिंहले कर्मचारीले जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताए । राष्ट्रसेवक कर्मचारीले जनमुखी सेवा प्रवाह गर्नतर्फ ध्यान दिन उनले निर्देशन दिए ।

२०औँ निजामती सेवा दिवस २०८० का अवसरमा शुक्रवार वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा उनले भने, ‘जनप्रतिनिधिले पनि कर्मचारीहरूलाई राजनीतिक आग्रह र पूर्वाग्रहले व्यवहार गर्नु हुँदैन । कर्मचारीहरूले पनि सेवा प्रवाहमा राजनीतिक आग्रह– पूर्वाग्रह राख्नु हुँदैन ।’

कुनै दलप्रति आस्था राख्न पाउने उनीहरूको ट्रेड युनियन अधिकार भए पनि सेवा प्रवाहका विषयमा राजनीतिक पूर्वाग्रह गर्न नहुने उनको तर्क थियो।

प्रदेश सरकार कर्मचारीहरूलाई उच्च मनोबलका साथ काममा लाग्ने वातावरण बनाउनेतर्फ लागिरहेको उनले बताए । सेवा प्रवाहलाई सरल, सहज र चुस्त, दुरुस्त बनाउनुपर्ने मन्त्री सिंहको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप