आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
पत्रपत्रिका

शरद ऋतुमा हिमाल आरोहणका लागि २८४ जनाले अनुमति लिए

शनिबार, २३ भदौ २०८०, ०६ : ०५
शनिबार, २३ भदौ २०८०

काठमाडौँ  । यस वर्षको शरद ऋतु (असोज/कात्तिक) मा हिमाल आरोहणका लागि २८४ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार अनुमति लिएकामध्ये ४४ मुलुकका ६० जना महिला र २२४ जना पुरुष छन् । 

यस वर्ष सबैभन्दा धेरै २३ समूहले आठ हजार १६३ मिटर उचाइको मनासलु आरोहणका लागि अनुमति लिएका छन् । जसमध्ये ६० जना महिला र २२४ जना पुरुषले अनुमति लिएको विभागले जनाएको छ । यो शुक्रबारसम्मको तथ्याङ्क हो । मनासलु हिमाल आरोहणका लागि सबैभन्दा आकर्षक समय शरद ऋतुलाई मानिन्छ । 

यस वर्ष मनासलु हिमाल आरोहणका लागि डोरी टाँग्ने (रोप फिक्सिङ) को जिम्मा इम्याजिन नेपालले लिएको छ । इम्याजिन नेपालका प्रबन्धक दावाफुटी शेर्पाले आरोहणका लागि बाटो तयार पार्न दक्ष कामदारको टोली मनासलुको आधार शिविर पुगेर काम सुरु गरिसकेको बताए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप