आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्रिय अवार्ड नपाउँदा कुमार सानुको पीडा : मलाई चिप्लो घस्न आएन

शनिबार, २३ भदौ २०८०, १२ : २५
शनिबार, २३ भदौ २०८०

मुम्बई । चर्चित गायक कुमार सानुले अहिलेसम्म राष्ट्रिय पुरस्कार पाएका छैनन् । यसबाट उनी निकै दुःखी छन् । 

कुमार सानुले यसबाट आफूलाई निकै नराम्रो लागेको बताए । गायकले निराशा व्यक्त गर्दै आफूमा चिप्लो घस्ने कला नभएकाले पनि आफूलाई यी अवार्डबाट वञ्चित गरिएको बताएका हुन् ।
 
आजतकसँग कुरा गर्दै कुमार सानुले भने, ‘एउटा कुरा जुन मैले धेरै अघि नै पाउनु पर्ने थियो त्यो हो राष्ट्रिय अवार्ड । मैले पद्मभूषण पनि पाउनुपर्थ्यो। यद्यपि यो मेरो हातमा छैन। यो एउटा सम्मान हो जुन मैले पाउनु पर्ने थियो, तर दुर्भाग्य मैले सकिनँ। यद्यपि अहिले सन्तुष्ट हुन सिकेको छु । यदि तपाईंसँग चिप्लो घस्ने सीप  छैन भने, यी पुरस्कारहरू प्राप्त गर्न असम्भव छ।’

कुमार सानुले थप भने, ‘अरू के गर्दैछन् भन्नेमा मैले कहिल्यै ध्यान दिइन । मसँग प्रणाली बुझ्ने शक्ति छैन। मलाई थाहा छैन यो सबै कसरी गरिन्छ। खैर, कुनै समस्या छैन, जब सरकारले मलाई अवार्ड दिनुपर्छ भन्ने लाग्छ, तब दिन्छ। अब यो बाहेक म केहि गर्न सक्दिनँ।’

कुमार सानुले आफ्नो करियरमा करिब २० हजारभन्दा बढी गीत गाइसकेका छन् । उनले बंगलादेशी फिल्म ‘तीन कन्या’ बाट आफ्नो करियर सुरु गरेका थिए । सानुले संगीत निर्देशक जोडी नदीम–श्रवणका लागि करिब ७५ फिल्ममा गीत गाइसकेका छन् । यसबाहेक उनले अनु मलिकका लागि ६०, जतिन–ललितका लागि ३० र राकेश रोशनका लागि २५ चलचित्रमा गीत गाएका छन् ।

सन् १९९१–१९९५ सम्म उनले लगातार पाँच वर्षसम्म सर्वश्रेष्ठ पुरुष पार्श्व गायकको लागि फिल्मफेयर पुरस्कार प्राप्त गरेका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप