मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

प्रदेश सांसद र डीएसपीबीचको विवाद छानबिन गर्न समिति गठन

कोशी प्रदेशका डीआईजी भन्छन्, ‘सांसदको अभिव्यक्ति नोटिसमा छ’
आइतबार, २४ भदौ २०८०, १० : ३८
आइतबार, २४ भदौ २०८०

काठमाडौँ । कोशी प्रदेशसभाका सांसद खगेनसिंह हाङगाम र ताप्लेजुङका डीएसपी राजन लिम्बु बीचको विवादबारे छानबिन गर्न समिति गठन गरिएको छ । प्रहरी उपरीक्षक ऋषिराम कँडेलको नेतृत्वमा छानबिन समिति गठन गरिएको कोशी प्रदेशका डीआईजी राजेशनाथ बास्तोलाले रातोपाटीलाई बताएका हुन् । समितिमा संयोजक सहित ४ जना सदस्य छन् । 

भदौ २१ मा फुङलिङमा आयोजित ‘मिनिमेला’मा सादा पोसाकका प्रहरीले मेला हेर्न आएका स्थानीयलाई जिस्क्याएको निहुँमा सांसद र डीएसपीको प्रतिष्ठाको लडाइँ बनेको छ । प्रदेश सांसद हाङगाम पक्षधरले प्रहरीले रातभर सांसदको घर घेरेको दाबी गरेका छन् । 

मेलाबाट सुरु भएको विवादपछि सांसद हाङगामले ताप्लेजुङका डीएसपी राजन लिम्बुविरुद्ध ‘विवादास्पद’ अभिव्यक्ति दिएका छन् । सांसद हाङगामले डीएसपीलाई ‘बर्दी खोल्न तयार छौँ’ भदै मुठभेडमा आउन खुल्ला आह्वान गरेका छन् । हाङगामले डीएसपीका परिवारलाई पनि नछाड्ने धम्की दिएका छन् । उनको भनाइ सामाजिक सञ्जालमा भाइरल छ । 

सांसद खगेनसिंह हाङगामको अभिव्यक्ति ‘नोटिस’मा रहेको डीआईजी बास्तोलाले बताए । उनले भने–‘उहाँको भनाई नोटिसमा छ ।’ आन्तरिक छानबिनका लागि एसपी ऋषिराम कँडेल नेतृत्वको टिम छाप्लेजुङमा पुगेको छ । हाङगाम ताप्लेजुङ क्षेत्र नम्बर–१ (२) बाट निर्वाचित नेपाली कांग्रेसका सांसद हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप